ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यासिनो सञ्चालकको बक्यौता २ अर्ब नाघ्यो, जग्गा र खाता रोक्का


एबीसी न्यूज
१५ आश्विन २०८०, सोमबार   १२ : ४४   बजे

काठमाडौं, १५ असोज । क्यासिनोहरुले सरकारलाई बुझाउनुपर्ने रोयल्टी बक्यौता २ अर्ब १६ करोड ६६ लाख ७५ हजार ६५१ रुपैयाँ पुगेको छ । दश वर्षयता उनीहरुले रोयल्टी नबुझाएपछि त्यस वापतको ब्याज बढ्दै जाँदा सरकारलाई बुझाउनुपर्ने रोयल्टी दुई अर्ब नाघेको हो ।

“क्यासिनेहरुले सरकारलाई बुझाउनुपर्ने रोयल्टी बक्यौताबापतको रकम २ अर्ब १६ करोडभन्दा बढी भएको छ,” रोयल्टी बक्यौता उठाउने जिम्मेवारी पाएको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयकी कार्यालय प्रमुख नमुना कार्कीले दाहालले बाह्रखरीसँग भनिन्, “रोयल्टी नबुझाउने क्यासिनोसँग आवद्ध संस्था तथा व्यक्तिको जग्गा र बैंक खाता रोक्का गरेका छौं ।”

सरकारलाई लामो समयदेखि रोयल्टी नबुझाउनेमा सातवटा क्यासिनो छन् ।

दि फुलबारी प्रा.लि. ह्यापी आवर प्रा।लि।, नेपाल रिक्रिएसन सेन्टर प्रा।लि।, होटल याक एण्ड यती प्रा।लि।, होटल सोल्टी, होटल एभरेष्ट इन्टरनेसनल प्रा।लि। र अन्नपूर्ण इन्टरनेसनल प्रा।लि। छन् । महालेखा नियन्त्रक कार्यालयअन्तर्गतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयका अनुसार, क्यासिनोहरुमध्ये सबैभन्दा बढी रोयल्टी नेपाल रिक्रिएसन सेन्टर प्रा।लि।ले सरकारलाई तिर्न बाँकी छ ।

नेपाल रिक्रिएसन सेन्टर प्रा।लि।ले साँवा ५३ करोड ५० लाख ३३ हजार ९२७ रुपैयाँ ६३ पैसा र ब्याज ३९ करोड ९७ लाख ३६ हजार ३०७ रुपैयाँ ३ पैसा गरी कुल ९३ करोड ४७ लाख ७० हजार २३४ रुपैयाँ ६६ पैयाँ रोयल्टी सरकारलाई बुझाउन बाँकी रहेको छ ।

नेपाल रिक्रिएसन सेन्टर प्रा।लि।को तर्फबाट सरकारलाई रोयल्टी बुझाउनुपर्ने जिम्मेवार व्यक्तिमा तीन नेपाली, दुई भारतीय र एक अमेरिकी नागरिक छन् ।

कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयका अनुसार, राकेश बाधवा ९भारत०, शालिनी बाधवा ९भारत०, रिचर्ड डोयल टटल ९अमेरिका०, सुबर्ण क्षेत्री, तुलाराम भट्ट र शान्ति चड्डा नेपाल रिक्रिएसन सेन्टर प्रा।लि।का जिम्मेवार व्यक्तिहरु हुन् ।

दि फुलबारी प्रा।लि।ले २४ करोड ६६ लाख ६४ हजार ४८२ रुपैयाँ साँवा र १८ करोड ४२ लाख ८८ हजार ७७८ रुपैयाँ ब्याज गरी कुल ४३ करोड ९ लाख ५३ हजार २६० रुपैयाँ ७४ पैसा सरकारलाई रोयल्टी बुझाउन बाँकी रहेको छ ।

दि फुलबारी प्रा।लिको जिम्मेवार व्यक्तिमा पियुषबहादुर अमात्य, नुरा श्रेष्ठ, सुमी अमात्य, आयुष अमात्य, आन्टु श्रेष्ठ, गंगा अमात्य र सन्जु अमात्य राजभण्डारी छन् ।

ह्यापी आवर प्रा।लि।ले ६ करोड ९३ लाख २७ हजार ५०० रुपैयाँ साँवा र ३ करोड १७ लाख ९६ हजार १८९ रुपैयाँ ७३ पैसा ब्याज गरी कुल १० करोड ११ लाख २३ हजार ६८९ रुपैयाँ ७३ पैसा रोयल्टी सरकारलाई बुझाउन बाँकी छ ।

ह्यापी आवर प्रा।लि।का जिम्मेवार व्यक्तिमा सुरेन्द्रबहादुर सिंह, भोजबहादुर बम र गोकर्ण लामिछाने हुन् ।

होटल याक एण्ड यती प्रा।लि।ले सरकारलाई बुझाउनु पर्ने रोयल्टी ११ करोड ८७ लाख ५० हजार रुपैयाँ साँवा र ८ करोड ८७ लाख २० हजार ८९० रुपैयाँ ४१ पैसाँ ब्याज गरी कुल २० करोड ७४ लाख ७० लाख ८९० रुपैयाँ ४१ पैसा पुगेको छ ।

होटल याक एण्ड यती प्रा।लि।का जिम्मेवार व्यक्तिमा राधेश्याम सराफ, रत्नादेवी सराफ, अरुणकुमार सराफ र उमेश सराफ छन् ।

होटल सोल्टीले ६ करोड १३ लाख ३३ हजार ३३२ रुपैयाँ ७८ पैसा साँवा र ४ करोड ५८ लाख २३ हजार ५६१ रुपैयाँ २३ पैसा ब्याज गरी कुल १० करोड ७१ लाख ५६ हजार ८९४ रुपैयाँ १ पैसा रोयल्टी सरकारलाई बुझाउन बाँकी छ । होटल सोल्टीको जिम्मेवार व्यक्तिमा दिनेशबहादुर विष्ट छन् ।

होटल एभरेष्ट इन्टरनेसनल प्रा।लि।ले सरकारलाई १० करोड ३५ लाख ६२ हजार ५०० रुपैयाँ साँवा र ७ करोड ७३ लाख ७३ हजार ९५५ रुपैयाँ ४८ पैसा ब्याज गरी कुल १८ करोड ९ लाख ३६ हजार ४५५ रुपैयाँ ४८ पैसा रोयल्टी बुझाउन बाँकी छ । मशकुर अहमद लारी होटल एभरेष्टका जिम्मेवार व्यक्ति हुन् ।

यस्तै, अन्नपूर्ण इन्टरनेसनल प्रा।लि।ले ११ करोड ६९ लाख १५ हजार १७५ रुपैयाँ ६४ पैसा साँवा र ८ करोड ७३ लाख ५० हजार ५० रुपैयाँ ४० पैसा ब्याज गरी कुल २० करोड ४२ लाख ६५ हजार २२६ रुपैयाँ ४ पैसा रोयल्टी सरकारलाई तिर्न बाँकी छ ।

अन्नपूर्ण इन्टरनेसनल प्रा।लि।का जिम्मेवार व्यक्तिमा तप्तबहादुर बिष्ट, नरेन्द्रलाल प्रधान, ईश्वरीप्रसाद श्रेष्ठ, कल्पदिप राई र जोत्सना बस्नेत छन् ।

“हामीले पटक पटक तोकता गर्दा पनि बक्यौता रकम बुझाउन नआएपछि नियमअनुसार उनीहरुको जग्गा तथा बैंक खाता रोक्का गरेका हौं,” कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयकी कार्यालय प्रमुख दाहालले भनिन् ।

सरकारले नयाँ क्यासिनो नियमावली २०७० सालबाट कार्यान्वयनमा ल्याएको थियो ।

नियमावलीअनुसार रोयल्टी तिर्न नआउने क्यासिनोलाई बन्द गर्ने निर्णय सरकारले गरेको थियो । २०७१ वैशाखमा रोयल्टी नबुझाउने ८ वटा क्यासिनोलाई सरकारले बन्द गरेको थियो ।

त्यसपछि क्यासिनो सञ्चालकहरु सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले क्यासिनो बन्द गराउन गरेको निर्णय कार्यान्वयन नगर्नरनगराउन भन्दै अन्तरिम आदेश दिएपछि यसैलाई आधार मानेर क्यासिनेहरु सञ्चालन हुँदै आएका छन् ।

क्यासिनोहरुको नियामक निकाय पर्यटन विभागले उक्त रकम उठाउन नसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग गुहार मागेको थियो । मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै क्यासिनोहरुसँग बक्यौता उठाउन कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई जिम्मेवारी दिएको थियो । त्यसपछि कार्यालयले उक्त बक्यौता उठाउने प्रयास गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group