ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपप्रधानमन्त्री श्रेष्ठ: सरकारको सुशासन अभियानविरुद्ध संगठित आक्रमण भइरहेको छ


एबीसी न्यूज
१५ आश्विन २०८०, सोमबार   २ : ०७   बजे

काठमाडौं, १५ असोज ।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सञ्चालन गरेको सुशासन अभियानविरुद्ध संगठित शक्ति आक्रामक ढंगले प्रस्तुत भइरहेको आरोप लगाएका छन् । सरकारको सुशासन अभियानविरुद्ध संगठित आक्रमण भइरहेको छ ? उपप्रधानमन्त्री श्रेष्ठ

सोमबार निकास साप्ताहिकको २० औं वार्षिकोत्सवको उद्घाटन गर्दै हेटौंडामा गृहमन्त्री श्रेष्ठले तस्कर तथा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दा त्यसका संरक्षणकर्ताद्वारा सरकारमाथि आक्रमक रुपमा प्रहार भइरहेको बताएका हुन् ।

‘गृहमन्त्रीको निरन्तरता र भ्रष्टाचारको निरन्तरता तैं चुप मैं चुपको यथास्थिति कायम हुन सक्दैन’, उनले भने । सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई जारी राख्ने उनले पटकपटक दोहोर्‍याए । ‘सरकारमा पनि रहने र तैं चुप र मैं चुप गरेर खाली सरकार मात्र चलाइरहने धन्दा हामी गर्दैनौं’, उनले भने । उनले वर्तमान सरकारको सुशासनको अभियानबाट जनतामा आशा र विश्वास बढिरहेको दाबी गरे ।

‘सरकार विशिष्ट कार्यभारसहित अगाडि बढिरहेको छ । सामाजिक आर्थिक रुपान्तरण, विकास र समृद्धिका कार्यभार हामीले लिएका छौं’, उनले भने । गृहमन्त्री श्रेष्ठले करिब ६ दशक लामो संघर्ष गरेर संविधानसभाबाट जारी भएको संविधानको कार्यान्वयन गर्दै सरकार क्रमशः अगाडि बढ्ने बताए ।

उनले सरकारले सुशासन अभियानअन्तर्गत ललिता निवास, मिटरब्याज, भुटानी शरणार्थी, सुन तस्करी, भ्रष्टाचारका विभिन्न घटनाको छानबिन भइरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group