ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगञ्‍जमा कर्फ्यू आदेश जारी


एबीसी न्यूज
१६ आश्विन २०८०, मंगलबार   १ : ४४   बजे

काठमाडौँ, १६ असोज बाँकेको नेपालगञ्‍जमा दुई धार्मिक समुदाय बीच सद्‍भाव बिग्रिने अवस्था देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सोमबार दिउँसो १ बजे देखि लागु हुने गरी अनिश्चितकालसम्मका लागि कर्फ्यू आदेश जारी गरेका छन् ।

जिल्ला प्राशसन कार्यालय बाँकेका अनुसार मिति २०८०/०६/१४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध ऱ्यालीका कारण उत्पन्न हुन सक्ने परिस्थितिका कर्फ्यू आदेश जारी गरेको बताएको छ ।
मिति २०८०/०६र/१६ गते मंगलबारको दिन ओमकार परिवार हिन्दु समाजले निकालेको र्‍यालीको क्रममा विवाद उत्पन्न भइ नेपालगञ्‍ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले नेपालगञ्‍ज नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ, आदेशमा भनिएको छ ।

कर्फ्यू नेपालगञ्‍ज नगर क्षेत्रको पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका सीमा क्षेत्र भित्र कर्फ्यू आदेश जारी गरिएको हो । अनिश्‍चितकालसम्म लगाइएको कर्फ्यू आदेशका समयमा कसैलाई पनि भेला, सभा समारोह, जुलुस तथा र्‍याली, हुल हुज्जत र हिँड्‍डुल नगर्न आदेश दिइएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क)(१)(३) बमोजिम जारी भएको कर्फ्यू आदेशको समयमा यसलाई उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्कता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारवाही गरिने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu