ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले सांसदलाई तर्साउन खोज्यो : ओली


एबीसी न्यूज
१६ आश्विन २०८०, मंगलबार   २ : ३१   बजे

काठमाडौं, १६ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोधमा बोल्ने सांसदहरूको हुर्मत लिने काम गरिएको टिप्पणी गरेका छन् । सरकारले सांसदहरूलाई तर्साउन खोजेको उनको आरोप छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले सांसद सुनील शर्मालाई सर्टिफिकेट नक्कली भनेर थुनामा राखिएको र सरकारको विरोधमा बोलेका अमरेशकुमार सिंहलाई सम्पत्ति छानबिन गर्छु भनेर तर्साएर के गर्न खोजेको भन्दै प्रश्न गरे ।

करिब ६१ किलो ‘सुन तस्करी प्रकरणमा जोडिएका मानिसलाई कागज गरेर छाड्ने अनि सांसदलाई हिरासतमा राखेर तर्साउने रु’ भन्दै उनले आक्रोश पोखे ।

“एकजना सांसदलाई थुनियो । एक क्विन्टल ९वास्तविक परिमाण करिब ६१ किलो सुन अवैध ल्याउनेलाई छोडियो, किन रु सुशासनको अभियान भनेको यही हो रु, उनले भने, “माननीय सुनील शर्मा निर्वाचित जनप्रतिनिधि, उहाँको सर्टिफिकेटमा शंका लाग्यो भनेर हत्कडी लगाएर थुनामा राखियो ।

सरकारको विरोधमा बोलेबापत अमरेशकुमार सिंहलाई पुर्जी कटाइयो, छानबिन गर्छु भनियो । रिस उठ्दैमा जे पनि गर्ने रु छानबिन थुनेर गर्नुपर्छ भनेपछि सांसदहरूको सातो लिने । कोही बोले सुनील शर्मा बनाइन्छ, सांसदहरूको सातो लिन खोजेको हैन रु अनि, सुशासनको कुरा गर्ने ?

२० वर्ष कैद बस्नुपर्ने हत्याका दोषीलाई छाडिएको भन्दै उनले यसले परिवार र समाजमा त्रास बढाएको बताए ।

“साढे नौ किलो सुन पक्राउ पर्छ, १०० किलो सुन पक्राउ पर्छ, ढाकछोपमा लाग्नुहुन्छ । छानबिन गर्न आयोग बनाउन भन्दा एक महिनासम्म लडाइँ लड्नुपर्छ, के बिग्रन्छ तपाईंको ?  उनले प्रश्न गरे, “गफ दिनुहुन्छ हेटौँडा गएर, सुशासनको अभियान हो कि निरन्तर गर्ने हो रु सुशासन दिन छाडेर प्रतिपक्षीले संगठित रूपले विरोध गर्‍यो भन्नुहुन्छ । म प्रश्न गर्न चाहन्छु, यहाँ, एयरपोर्टमा किन पक्राउ परेन सुन रु सिनामंगलमा किन पर्‍यो रु सबै कुरा समाउन किन सकिएन ?

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group