ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुस्कान खातुनको घाउ निको नहुँदै, सरकारले अपराधी छोडिदियो : ओली


एबीसी न्यूज
१६ आश्विन २०८०, मंगलबार   २ : ५३   बजे

काठमाडौं, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अपराधीको संरक्षणमा लागेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले एसिड आक्रमणमा परेकी मुस्कान खातुनमाथि एसिड आक्रमण गर्ने अपराधीलाई सरकारले कैदमुक्त गरिदिएको बताए ।

“हामीले एसिड आक्रमण खास गरी हाम्रा छोरीहरुको सुरक्षाका लागि कडा कारबाही हुने गरी संसद् नभएर अध्यादेशबाट कानुन ल्याउनुप¥र्यो । चार वर्ष नहुँदै मुस्कान खातुन– जो नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियरुपमा पनि परिचित छन्, तर सरकारले घाउ निको नहुँदै उन्मुक्ति दिएको छ,” ओलीले भने, “उनको उपचार गरिदिन नसक्ने, अपराधीलाई उन्मुक्ति दिने काम भएको छ ।

मस्कान खातुन रोएर हिँडेकी छन् । तर, सरकारले अस्ति छोडिदियो । फागुन १ गतेको उत्सवमा छोड्यो कि संविधान दिवस भनेर छोड्यो मलाई एकीन भएन ।”

उनले मुस्कान खातुनलाई एसिड हान्ने अपराधीलाई अदालतले १० वर्ष कैद फैसला गरेको भन्दै त्यस्ता व्यक्तिलाई छोडिएको बताए ।

“मुस्कान खातुनको अहिले पेटको छाला टाँस्नुपरेको छ, तिघ्राको छाला काटेर टाँस्नुपरेको छ । अप्रेसन चलिरहेको छ । सरकारले अपराधी छोडिदियो । यो देशमा न्याय छैन ?  प्रश्न गर्दै ओलीले भने, “हिजो गृहमन्त्रीले हेटौँडामा गएर खोक्नुभयो– सुशासनको अभियान रोक्न संगठित अभियान चलिरहेको छ । कसले रोक्यो तपाईँको सुशासन, भेपमा सुन तस्करी हुन्छ, अनुसन्धानले संलग्न व्यक्ति देखिन्छ ?  उसलाई छानबिन गर्न कुन सुशासन विरोधीले रोकेको थियो ?

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group