ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको विकल्प खोज्न सबै दल र सांसदलाई, ओलीको आह्वान:


एबीसी न्यूज
१६ आश्विन २०८०, मंगलबार   ४ : ३३   बजे

काठमाडौं, १६ असोज । प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले सरकारको विकल्प खोज्न आह्वान गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर सम्बोधन गर्दै वर्तमान सरकार जति समय राख्यो त्यति नै देशलाई बोझ बढ्ने बताए ।

उनले देशमा सञ्चालिन परियोजना समेत सञ्चालन गर्न नसक्ने सरकारले संविधान र व्यवस्थाको रक्षामा पनि असफल भएको भन्दै सरकारको विकल्प खोज्नका लागि आह्वान गरेका हुन् ।

“सर्भिस डेलिभिरी दिन नसक्ने, डेभलपमेन्ट डेलिभरी दिन नसक्ने, केवल रित्तो कोल अथवा आइरो नहालेको जाँतो घुमाएर सत्ता भोग गर्ने पद अशक्त यो सरकारको अझैपनि औचित्य केही छ र ?, प्रश्न गर्दै ओलीले भने, “अब थप क्षति हुनबाट राष्ट्रलाई जोगाउनुपर्छ । म सबै माननीयज्यूहरूमा, सबै दलहरूमा आह्वान गर्दछु ।”

उनले देशमा सरकार प्रमुख खोज्नुपने अवस्था आएको भन्दै प्रधानमन्त्री नभए पनि देश चल्ने रहेछ भन्ने सन्देश दिएको बताए । वर्तमान सरकारले संसद् र जनता दुवैको सामना गर्न नसक्ने भन्दै यस्तो सरकार राखिरहनु उपयुक्त नहुने बताए ।

“यो सरकारले संसद् र जनतासँग फेस गर्न सक्दैन । आयोजनाहरू अलपत्र छन् । कतिपय खारेज गरिएको छ । कतिपय देखाउनका लागि निरन्तरता दिइएको छ । तर, आयोजनाहरूलाई बजेट दिइएको छैन,” ओलीले भने, “हामीले सम्पन्न पूर्वाधारको प्रयोग गरी यो आर्थिक उपार्जन गर्ने कुरा यो सरकारको प्राथमिकतामा परेन ।”

उनले सरकारको प्राथमिकता वैदेशिक ऋण लिएर कार्यकर्तालाई करारमा जागि खुवाउनेमा देखिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group