ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जालले तनावमा फसेको नेपालगञ्ज सामान्य बन्दै


एबीसी न्यूज
१७ आश्विन २०८०, बुधबार   ९ : ४३   बजे

काठमाडौ १७ असोज । हिजोदेखि कर्फ्यु लागेको नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । प्रदर्शन रोकिएपछि अवस्था सामान्य बन्दै गएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।

अहिले सडक सुनसान छ भने बजार तथा विद्यालय खुलेका छैनन् ।दुई समुदायबीच तनाव सिर्जना हुने अवस्था देखिएपछि हिजो दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र कर्फ्यु लगाइएको हो ।

सरकार र विभिन्न सङ्घसंस्थाले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सबैसँग आग्रह गरेका छन् ।सरकारले सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन सूचना नराख्न पनि सचेत गराएको छ । आज दिउँसो सुरक्षा निकायको बैठक बसेर सुरक्षा अवस्थाबारे थप विश्लेषण गरी आवश्यक निर्णय हुने पनि सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताए ।

सेना परिचालनसहित कर्फ्यू लगाउनुपर्ने परिस्थितिको थालनि भने अमूक व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस कारण थियो ।

बाँके नरैनापुरका युवक जार्बुद यादवले फेसबुकमा इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको नाम जोडेर स्टाटस लेखेका थिए । धेरै फलोअर्स नभएका र सार्वजनिक परिचय सामान्य रहेका ती युवकको स्टाटस मुस्लिम समुदायमा विस्तारै फैलियो । मुस्लिम डे (११ असोजमा) कै दिन उक्त स्टाटस लेखिएकाले मुस्लिम समुदायले आपत्ति जनाए ।

आफ्नो धर्मका प्रतीक पैगम्बर मोहम्मदप्रति गरिएको टिप्पणीलाई लिएर मुस्लिम युवाहरुले आक्रोशित बने । ती युवाहरुको आक्रोशलाई नेपालगञ्ज महानगरपालिका–५ का वडाध्यक्ष सराफत खानले साथ दिए । उनले आफ्नै नेतृत्वमा १४ असोजमा मुस्लिम युवाहरुको प्रदर्शन उतारे । बीपी चोक क्षेत्रमा टायर बाल्ने, उग्रनाराबाजी गर्नेदेखि जिल्ला प्रशासन कार्यालयभित्र पुगेर झण्डा गाडे ।

तर यति भइसक्दासम्म प्रशासनले कुनै पहलकदमी लिएन । त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्रका प्राध्यापक डा.जर्नादन आचार्य, प्रशासनले समयमै पहलकदमी लिएका थिए भने अहिलेको परिस्थिति नआउन सक्ने देख्छन् ।

यसको भोलिपल्टै, १५ असोजमा बल्ल प्रशासनले सर्वपक्षीय बैठक बोलायो । बैठकले तनाव बढेको विश्लेषण गरी सद्भाव र्‍याली निकाल्ने निर्णय गर्‍यो । यो बेलासम्म हिन्दूवादी धार्मिक संस्था ओमकार परिवारले बन्द आह्वान गरिसकेको थियो । सद्भाव र्‍याली निकाले पनि हिन्दूहरुको बन्द आह्वान र प्रदर्शन रोकिएन ।

ओमकार परिवारले ठूलो संख्यामा र्‍याली निकाल्यो । प्रशासनका अनुसार, यो प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायत भयो । हिन्दू राज्य र गौ हत्या बन्द गरिनुपर्ने मागसहित बागेश्वरी मन्दिरको पूर्वी गेटबाट निस्किएको प्रदर्शन सेतु बिक चोक, धम्बोझी चोक हुदै बीपीचोक पुगेर शान्त भएको थियो ।

बीपी चोकबाट त्रिभुवन चोकतर्फ जाने क्रममा दुई पक्षबीच झडप नै भयो । बीपी चोक र इदगाह रोड क्षेत्रमा दुई पक्ष आमनेसामने भएर ढुंगा हानाहान भयो । अवस्था नियन्त्रण लिन प्रहरीले हवाई फायर गर्‍यो, भागदौड र ढुंगा हानाहानमा करीब एक दर्जन घाइते भए ।

धार्मिक आस्थाको प्रतीकप्रति फेसबुकमा तथानाम लेख्नेलाई प्रशासनले नियन्त्रणमा नलिनु नै यो तहको तनावको कारण बनेको प्रा.डा. जनार्दन आर्चायको बुझाइ छ । ‘तराईका संदेशनशील जिल्लाहरुमा सीडीओ र एसपी खटाउँदा अनुभवी र सक्षम खटाउनुपर्ने हो, तर त्यस्तो नहुँदा परिस्थिति बिग्रिन पुग्यो’, उनी भन्छन् ।

भारतको मणिपुर मात्रै नभएर पूर्वी नेपालकै धरान र सर्लाहीको घटनाबारे स्थानीय प्रशासन सचेत नहुँदा पनि नेपालगञ्ज तनावपूर्ण बन्न पुगेको आचार्य बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Karnataka Chief Minister Prioritizes Farmers Over Politics in Cauvery Water Dispute

PM Modi Launches Anti-Drug Campaign for Youth to Empower India’s Future

Indian Envoy Criticizes Pakistan Over Abandoned Indus Waters Treaty

Europe’s Firefighters Battle Wildfires Amid Climate Crisis

Europe’s Wildfires Surge as Climate Change Fuels Megafires

Union Minister Launches Campaign to Combat Substance Abuse Among Youth

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu