ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओली: कांग्रेस बोल्नै नसक्ने अवस्थामा पुग्यो


एबीसी न्यूज
१७ आश्विन २०८०, बुधबार   १२ : ५७   बजे

काठमाडौं, १७ असोज ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बोल्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । एमाले कोसी प्रदेश कमिटीका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको पदस्थापन समारोहमा भाग लिन आएका ओलीले विराटनगर विमानस्थलमा कांग्रेसबारे यस्तो टिप्पणी गरेका हुन् ।

“कांग्रेसको हविगत बोल्नै नसक्ने अवस्थामा पुगेको छ । उ विचरा भएको छ । अहिले मानिसहरुले कांग्रेस कहाँ छ भनेर प्रश्न गर्न थालेका छन्,” ओलीले भने, “देशमा भ्रष्टाचार बढ्दासमेत कांग्रेस बोलेको छैन ।”

देशका समसामयिक समस्याबारे कांग्रेसका नेताहरुसमेत नबोलेको देख्दा आफूलाई उदेक लागेको ओलीले सुनाए ।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्ला समयमा भएका भ्रमणहरु अर्थहीन भएको भन्दै मानसरोवरको यात्रा पाप पखाल्नका लागि गरिएको आरोप लगाए । उनले भने, “मानसरोवरसम्मको धार्मिक यात्रा पाप पखाल्नको लागि मात्र भएको हो । कसले कति र कत्रो पाप गरेको छ, घरमा पूजा पनि सोहीअनुरुप लगाए जस्तै हो प्रधानमन्त्रीको भ्रमण ।”

प्रधानमन्त्रीले भारत र चीन भ्रमण गरे पनि त्यसको कुनै सार्थक र ठोस परिणाम नआएको ओलीले बताए । अहिले देशभर साम्प्रदायिक र धार्मिक द्वेष फैलाउने कुचेष्ठा भइरहेको भन्दै ओलीले यो कसैका लागि पनि हितकर नहुने सुनाए । “कसैले उकास्दैमा त्यसको पछि लाग्नु हुँदैन,” उनले भने ।

कोसी प्रदेशको राजनीतिक गतिरोध अन्त्य गर्नको लागि दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको उनले बताए । मध्यावधि निर्वाचन भए एमालेले थप सिट बढाउने दाबी गर्दै उनले भने, “आज ४० सिट छ । मध्यावधि भयो भने थप १५ सिट बढ्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu