ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिगलले पाएको आममाफीले सरकारको चौतर्फी आलोचना, आममाफी विरुद्धको रिटमा सुनुवाइ आज हुने


एबीसी न्यूज
१८ आश्विन २०८०, बिहिबार   ९ : ५७   बजे

काठमाडौ १८ असोज ।  खुँडा प्रहार गरी हत्या गर्ने योगराज ढकाल रिगलले आममाफी पाएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ । २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या भएको थियो । सरकारले अपराधीलाई संरक्षण दिएको भन्दै प्रतिपक्षसहित सत्ता पक्षका सांसद, मानवअधिकारकर्मी, नागरिक समाजका अगुवालगायतले सरकारको आलोचना गरिरहेका छन्

। यस्तै, चेतनकी श्रीमती भारती मानन्धरले रिगललाई आममाफी दिने निर्णय फिर्ता गर्न माग गर्दै अनशन थालेकी छन ।न्यायका लागि नेपालगञ्जबाट काठमाण्डौ आएकी भारतीले माइतीघरमा हिजोदेखि रिले अनसन थालेकी हुन । उनले न्याय नपाएसम्म घर नफर्किने बताएकी छन । हत्यामा संलग्नलाई फेरि जेल चलान गर्नुपर्ने उनको माग छ । हिजो सर्वोच्च अदालतमा तारेख बुझ्न गएका बेला उनी सर्वोच्च परिसरमा ढलेपछि वीर अस्पताल लगेर उपचार गरिएको थियो ।

रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखेर गएको आइतवार भारतीले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । यो रिटमा आज सुनुवाइ हुने गरी पेशी तोकिएको छ ।उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर, संविधान दिवसको अवसरमा गएको ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि रिगल कैद मुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu