ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायाधीश शर्माको इजलासमा, ‘रिगल’को कैद मिनाहा गर्ने निर्णयविरुद्धको रिट:


एबीसी न्यूज
१८ आश्विन २०८०, बिहिबार   २ : ११   बजे

काठमाडौं, १८ असोज । बाँकेको नेपालगन्जका चेतन मानन्धरको हत्यारा रिगल भनिने योग ढकालको कैद मिनाहा गर्ने निर्णयविरुद्धको रिट बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ ।

नेपालगन्जको धम्बोजी चोकमा रिगलले खुँडा प्रहार हत्या गरेका चेतनकी श्रीमती भारती मानन्धर ९शेर्पा०ले कैद मिनाहाको निर्णयविरुद्ध यही असोज १४ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सरकारले संविधान दिवसका अवसरमा असोज ३ गते रिगलसहित ६७० जनाको कैद मिनाहा दिने निर्णय गरेको थियो । त्यसविरुद्ध भारतीले रिट दायर गरेकी हुन् । भारतीले रिटमा रिगलको कैद मिनाहा गर्ने निर्णय बदर हुनुपर्ने माग गरेकी छन् ।

उक्त रिटमा यसअघि दुईपटक पेसी सारिएको थियो । भारतीको रिट शर्माको इजलासमा आज १६औँ नम्बर त मा परेको छ ।

०७२ असार २८ गते रिगलले खुँडा प्रहार गर्दा चेतनको मृत्यु भएको थियो । सरकारले पुरानो मुलुकी ऐनानुसार ४० प्रतिशत कैद भुक्तान गरेकालाई मिनाहा दिने व्यवस्था टेकेर रिगललाई उन्मुक्ति दिएको थियो । कैद मिनाहा भएसँगै रिगललाई लिन गाडीको लावालस्करसहित पुगेको, सार्वजनिक कार्यक्रममा रिगलले सम्बोधन गरेको लगायत गतिविधि सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।

जेल जानुअघि रिगल नेपाली कांग्रेसनिकट तरुण दलका क्षेत्रीय अध्यक्ष थिए । संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद सजाय मिनाहा गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu