ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहुललाई मतियारमा मुद्दा चलाउनुपर्ने सीआईबीको निष्कर्ष :नौ किलो सुन तस्करी प्रकरण


एबीसी न्यूज
१८ आश्विन २०८०, बिहिबार   २ : १६   बजे

काठमाडौं, १८ असोज । विद्युतीय सिगरेट भेपमार्फत गरिएको नौ किलो सुन तस्करी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याइएको छ । भेप प्रकरणमा जोडिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई गएको भदौ १३ गते पक्राउ गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान थालेको थियो ।

सो प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको सीआईबीका प्रवक्ता एवं एसएसपी दिनेश आचार्यले जानकारी दिए । सीआईबी स्रोतका अनुसार सो प्रकरणमा राहुललाई मतियारका रूपमा मुद्दा चलाउनुपर्ने देखिएको छ ।

सोही प्रकृतिको अनुसन्धान प्रतिवेदन तयार पारिएको सीआईबी स्रोतको भनाइ छ । “तस्करीमा प्रत्यक्ष संलग्न देखिँदैन, तर तस्करी गर्ने समूहलाई सहयोग गरेको देखिन्छ । त्यसकारण राहुललाई मतियारको रूपमा मुद्दा चलाउनुपर्ने निष्कर्ष हाम्रो छ,” स्रोतले  भन्यो ।

सीआईबीले पूर्वसभामुख समेत रहेका महरासँग सोमबार कागजी बयान लिएको थियो । महराको हकमा सरकारी वकिल कार्यालयसँगको परामर्शमा मात्र अघि बढ्ने सीआईबीको तयारी छ ।

भेपमार्फत नौ किलो सुन तस्करी गर्ने समूहका मुख्य व्यक्ति चिनियाँ नागरिक दाओजिन वाङ भएको प्रहरीको अनुसन्धानमा खुलेको थियो । उनी फरार छन् । सीआईबी टोलीले उनका गाडी चालक लोकन्द्र पौडेललाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यसअघि, उक्त सुन चोरी प्रकरणमा समेत सीआईबीले अनुसन्धान गरेको थियो । भेपमा भएको सुन चोरी प्रकरणमा जोडिएका विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित सुरक्षा गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

सो सुन चोरी प्रकरणमै जोडिएका दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu