ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा के भयो ?


एबीसी न्यूज
१८ आश्विन २०८०, बिहिबार   २ : २२   बजे

काठमाडौं, १८ असोज । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १२औँ बैठक बिहीबार बिहान बसेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले यही असोज १६ गते बझाङमा गएको भूकम्पका कारण घरबाहिर बस्न बाध्य प्रभावित नागरिकलाई तीनै तहको समन्वयमा एकीकृत कार्यक्रम बनाएर राहत, पुनर्निर्माण र पुनर्स्थापनालगायत कार्य गर्न निर्देशन दिए ।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष प्रचण्डले भूकम्पपछि उद्धार, राहत र व्यवस्थापनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । आफूले छिट्टै प्रभावितस्थलको स्थलगत अवलोकन गर्ने उनले जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले भने, “यो भूकम्पलाई संकेतका रूपमा लिई सुदूरपश्चिम क्षेत्रमा भविष्यमा आउन सक्ने यस्तै खालका विपत्तिको पूर्वतयारी गर्न पूर्वसूचना प्रणालीको स्थापना र सञ्चालनका लागि सरोकारवालाहरूलाई निर्देशन दिन्छु ।”

बझाङ भूकम्पको क्षतिको लेखाजोखा र प्रभाव मूल्यांकन गरी आवश्यकताको पहिचान, पुनर्निर्माण एवं पुनर्लाभका कार्यक्रम तय गर्न आवश्यक स्रोतको व्यवस्थापन गर्ने निर्णय समेत बैठकबाट गरिएको छ ।

यस्तै, तीनै तहका सरकारबीचको समन्वयमा एकीकृत रूपमा एकद्वार प्रणालीमार्फत कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पुनर्स्थापना र पुनर्लाभको कामका निम्ति आवश्यक पर्ने नीतिगत सहजीकरण गर्ने र त्यसका लागि नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गर्ने निर्णय पनि गरिएको छ ।

सो प्राधिकरणको सभाहलमा बसेको बैठकमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान एवं गृहमन्त्री तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा। बेदुराम भुसाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, अर्थमन्त्री डा। प्रकाशशरण महत, खानेपानीमन्त्री महिन्द्र राय यादव, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत सहभागी थिए ।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, सहरी विकासमन्त्री सीता गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी पनि सहभागी थिए ।

मुख्यसचिव डा। वैकुण्ठ अर्याल, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई, रक्षा मन्त्रालयका सचिव किरण शर्मा, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे पनि बैठकमा उपस्थित थिए ।

परिषद्का सदस्यसचिव एवं प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बझाङ भूकम्पका कारण गएको पहिरोमा परी जयपृथ्वी नगरपालिकाकी ४० वर्षीया गुणमती धामीको मृत्यु भएको र २७ जना घाइते भएको जानकारी गराएका थिए ।

भूकम्पका कारण ३७८ निजी आवास, सात विद्यालय, २५ सरकारी कार्यालय र एउटा स्वास्थ्य भवन क्षतिग्रस्त भएको पोखरेलले बताए ।

बैठकमा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले प्रदेश सरकारका तर्फबाट र बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला प्रशासन कार्यालयका तर्फबाट भएका खोज, उद्धार र राहतका विषयमा जानकारी गराएका थिए ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरेले पश्चिम नेपालमा विगत ५०० वर्षयता ठूलो महाभूकम्प भूकम्प नगएको बताए । कुनै पनि बेला विनाशकारी भूकम्प जान सक्ने भएकाले पूर्वतयारीमा जोड दिनुपर्ने उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group