ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री किराती : माओवादी केन्द्रीय सदस्य भएकाले ल्यारक्याल लामालाई नियुक्ति दिन सजिलो भयो,


एबीसी न्यूज
१८ आश्विन २०८०, बिहिबार   ३ : २३   बजे

काठमाडौं, १८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामालाई नियुक्ति गर्न आफ्नो पार्टीको केन्द्रिय सदस्य भएकाले सहज भएको बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदले सोधका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले लामा नेकपा माओवादी केन्द्र का सदस्य भएको र गुम्बा विकास समितिको अध्यक्ष भइसक्नुका साथै एमाले र माओवादी पार्टीबाट पनि पटक पटक मन्त्री र सांसद भइसकेकाले पनि योग्य व्यक्ति भएको बताए। उनले २०४२ को दफा ८ को ख बमोजिम नियुक्ति गरेको पनि बताए।

‘लुम्बिनी विकास कोषको उपाध्यक्षको नियुक्तिको सन्दर्भमा उहाँलाई २०४२ को दफा ८ को ख बमोजिम नियुक्ति गरेका छौँ।

उहाँ कसको प्रभावले भन्दा पनि बिना कसैको प्रभाव दबाब बिना खुसीले नियुक्ति गरेको हुँ,’ उनले भने, ‘गिरिजाबाबुको पालामा उहाँ गुम्बा विकास समितिको अध्यक्ष भइसकेको मान्छे, एमालेको पालामा आएर संविधान सभाको सदस्य, पूर्वअर्थराज्यमन्त्री भइसकेको, माओवादीतिर आइसकेपछि पनि पटकपटक सांसद, भइसकेको मान्छे उहाँलाई लागेको आरोप राज्यका सबै अंगले प्रमाणित नगरेको र लागेको आरोप पुष्टि नभइसकेपछि मान्छे अभियुक्त हुँदैन।

अभियुक्त नभएकाले नेपालको कानून बमोजिम नियुक्त गरेको हो। हाम्रो पार्टीको केन्द्रीय सदस्य भएकाले पनि नियुक्तिका लागि सजिलो भयो।’

१६ गते नै लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएका थिए विवादित पृष्ठभूमिका ल्यारकाल लामा

मन्त्री किरातीले नेपाल वायुसेवा निगम ४८ अर्ब ऋणमा रहेपनि आफू मन्त्री बनेर आइसकेपछि ४ अर्ब ऋण तिरिसकेको पनि बताए। उनले अहिले निगमसँग १ अर्ब ६५ करोड रकम रहेको र त्यसले साना जहाज खरिद प्रक्रियामा लागेको बताए। इतिहासदेखि अहिलेसम्मको ऋण मुक्त हुनेगरी निगम नाफामा नभएपनि आफू आइसकेपछि सञ्चालन कस्टमा नाफा भएको दाबी गरे।

‘वायुसेवा निगमको इतिहास लामो छ। हामीसँग धमिजा, लाउडादेखि लिएर ठूला ठूला काण्डहरू व्यहोर्दै आएको यो आफैँमा ४८ अर्ब ऋण छ । कोभिड कालमा पनि विभिन्न ठाउँबाट रेस्क्यु गर्दा जहाज नै अघि सरेको थियो। हामी मन्त्रालयमा आइसकेपछि ४ अर्ब ऋण तिरेका छौँ। पहिलो पटक २ अर्ब ९४ करोड र पछिल्लो समय १ अर्ब र अहिले पनि हामीसँग १ अर्ब ६५ करोड पैसा छ,’ उनले भने, ‘साना जहाज खरिद प्रक्रियामा हामी अघि बढेका छौँ। इतिहासदेखि अहिलेसम्मको ऋण मुक्त हुनेगरी नाफा हुने कुरा भएन हामीसँग ६ वटा मात्रै जहाज छ, हामी आइसकेपछि सञ्चालन कस्टमा नाफा भएको छ।’

नेपाल वायुसेवा निगम स् वाइडबडी ३ अर्ब घाटामा चल्दा नाफामा न्यारोबडी
उनले चिनियाँ जहाँज अहिले पनि घाटामा रहेको बताउँदै उनले चिनियाँ जहाजमा पार्टपूर्जाको समस्या र पार्टपूर्जा लिन पनि वर्षौं लाग्ने गरेको भन्दै चिनियाँ जहाँज घाटामा रहेको बताए। उनले रेष्टुरेण्ट र हवाई चलाउने ऐन नेपालमा एउटै रहेको भन्दै असन्तुष्टि समेत जनाए।

‘चिनियाँ जहाजको सन्दर्भम यो हामी आएर बन्द गरेको होइन। अघिल्लो सरकारले नै तलदेखि पारित गर्दै लगेर अर्थ मन्त्रालय हुँदै नेपाल सरकारले नै नउडाउने भनेर बन्द गरेको हो। चिनियाँ जहाज नेपालमा ल्याइयो, त्यसपछि यसको पाइलट, प्रशिक्षक पाइलट नभएको, पार्टपूर्जा नभएको, बिग्रिँदा पार्टपूर्जा पाउन वर्षौं लाग्ने, त्यसै पनि हवाई क्षेत्रमा संकट नै छ।

रेष्टुरेण्ट र हवाई चलाउने ऐन नेपालमा एउटै छ। सम्पूर्ण चिज नपाउने र धेरै नै घाटा लाग्ने भएकाले इन्स्योरेन्स पनि महंगो, अहिले राख्दा पनि इन्स्योरेन्स तिर्नु परिरहेको छ,’ उनले भने, ‘पार्किङ चार्ज तिर्नु परिरहेको छ, घाटामै छ। लिजमा राख्दा पनि कोही आएन।

भालुका कन्पट जस्तो भएको छ। युरोपमा नेपालको कालोसूचि हट्नेकुरा सेती नदीको खोचमा यति एयरलाइन्सको दुर्घटना भएकाले रोकिएको थियो। हालै ११ देखि १५ सेप्टेम्बरमा युरोपियन युनियनको अडिट कमिटीले अडिट गरेको छ, चाँडै सकारात्मक नतिजा आउँछ।’

मन्त्री किरातीले युरोपियन युनियनको कालोसूचिबाट नेपाल चाँड नै हट्नेमा आशावादी रहेको बताए।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group