ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले आफूसँग कति सिट छ पनि चाल पाउँदैन – ओली


एबीसी न्यूज
१८ आश्विन २०८०, बिहिबार   ३ : ४७   बजे

काठमाडौं, १८ असोज । नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पुरानो भएको दाबी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कांग्रेसलाई मेवा र एमालेलाई आँपको रुखसँग तुलना गरे ।

“तपाईंले आँपको रुख र मेवाको रुखसँगै लगाउनुभयो भने मेवाको रुख छिट्टै बढ्छ, छिट्टै फल्छ, छिट्टै बुढो हुन्छ । आँपको रुख बिस्तारै बढ्छ । धेरै वर्षसम्म फलिरहन्छ । एमाले भनेको आँपको रुखजस्तो हो,” उनले भने, “कांग्रेस मेवाको रुखजस्तो ।”

उनले कांग्रेसले आफूसँग कति सिट छ भन्ने समेत थाहा पाउन छाडेको आरोप लगाए ।

“कांग्रेस साँच्चै पुरानो भयो । साँच्चै थोत्रो भयो । केही पनि गर्न नसक्ने । ८७ सिट छ, तर ३२ सिटको पछाडि लुरुलुरु लागेको छ,” ओलीले भने, “उहिले हजुरबाले बलियो बलियो काम पनि गथ्र्यो होला, अहिले बुढो भएपछि नातिको पछाडि हिँड्नुपर्यो नि । त्यस्तै निरीह भएको छ कांग्रेस । आफूसँग कति सिट छ पनि चाल पाउँदैन ।”

ओलीले नेकपा माओवादी केन्द्र ‘मजदुरले बाटो बनायो, अर्कैले मोटर कुदायो’ भन्ने जस्तो भएको टिप्पणी गरे ।

“मजदुरले बाटो बनायो, अर्कैले मोटर कुदायो । माओवादीमा त्यस्तै भएको छ । माओवादी कार्यकर्ताले पार्टी बनाए । सरकार बनाए,” ओलीले भने, “अनेक चिज गरे । तर, छोरी ज्वाइँ, भाइ भतिजा, भान्जा यस्तैको चलेको छ । पीडित माओवादी कार्याकर्ता तड्पिएका छन् ।”

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने कांग्रेस, माओवादी केन्द्रको पछि लाग्न स्वभाविक हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group