ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहाको कल्याणपुरमा जनप्रतिनिधिबीच झडप, प्रहरीद्वारा हवाई फायर


abc tv
१८ आश्विन २०८०, बिहिबार   ७ : ५५   बजे

जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधिबीच जारी विवाद उग्ररुप लिएपछि अवस्था तनावग्रस्त बनेको छ ।

नगर प्रमुख रामपुकार साह र चार दिनदेखि धर्नामा बसेका वडाध्यक्षहरु पक्षबीच झडप भएको हो ।

दुवै पक्षबाट ढुंगामुढा हुन थालेपछि स्थिति तनाबग्रस्त बनेको बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै कैयौं सेल आश्रुग्यास प्रहार गरेका छन् । तर अझै स्थिति नियन्त्रणमा आउन सकेको छैन् ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले झडपको स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले १२ सेल र सशस्त्र प्रहरीले १५ सेल आश्रुग्यास प्रहार गरेको बताए । उनले हाम्रो नेपाल प्रहरीले थ्रिनटथ्रि राइफलबाट ५ राउण्ड हवाई फायर समेत गरेको बताए ।

झडपमा ६ सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् । डिएसपी पाण्डेका अनुसार ढुंगा हानाहानबाट ४ जना नेपाल प्रहरी र दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

सर्वसाधारण घाइते भएपनि प्रहरीको सम्पर्कमा नआएको बुझिएको छ । स्थानीयका अनुसार नगर प्रमुख र वडाध्यक्षहरु दुबै पक्षका दर्जनौं व्यक्ति घाइते भएका छन् ।

झडकका क्रममा नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरिएको छ । कार्यालयको झ्यालको सिसाहरु ढुंगामुढाबाट फुटेको डिएसपी पाण्डेले बताए । दुबै पक्षलाई सम्झाई बुझाई गरेपछि अहिले स्थिति सामान्य बनेको उनको भनाई छ ।

नगर प्रमुख साहले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक नगरेको भन्दै छ वटा वडाध्यक्ष चार दिनदेखि धर्नामा छन् । धर्नाका कारण कार्यालय ठप्प थियो । कामकाज समेत प्रभावित छन् ।

वडाध्यक्षहरु धर्ना बसेका बेला नगर प्रमुख साह १५(२० जना बाहिरका व्यक्ति लिएर अचानक कार्यालय प्रवेश गरी धाकधम्की लगाएपछि तनाव भएको र पटक पटक झडप भएको स्थानीय एक यूवकले बताए ।

उनका अनुसार नगर प्रमुख साह एमालेबाट निर्वाचित भएका छन् । उनले भने, ’मेयरले आन्दोलनमा रहेका वडाध्यक्षहरुसंग वार्ता र छलफल गरी समाधान खोज्नु पर्थ्यो । तर बाहिरबाट एमाले कार्यकर्ता बोलाएर स्थिति बिगार्नुभो । मेयरका व्यक्तिले हुलहुज्जत गर्न खोज्दा आन्दोलनमा रहेका वडाध्यक्षहरु पनि आफ्ना मान्छे बोलाए । त्यस्पछि झडप सुरु भएको थियो ‌।’

कल्याणपुरमा १२ वटा वडाध्यक्ष छन् । जसमध्ये नेपाली कांग्रेस, नेकपा एस र जसपाका छ वटा वडाध्यक्ष विगत ४ दिनदेखि आन्दोलनमा छन् । उनीहरुले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu