ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेका चार केन्द्रीय सदस्यले गुमाए पद


abc tv
१९ आश्विन २०८०, शुक्रबार   ९ : ४८   बजे

काठमाडौं । प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका नेकपा (एमाले)का चार केन्द्रीय सदस्यले पद गुमाएका छन्।

केन्द्रीय कमिटीमा जिम्मेवारीमा रहँदारहँदै प्रदेश अध्यक्षमा उम्मेदवारी दिएपछि केन्द्रीय सदस्यले विधानअनुसार पद गुमाएका हुन् ।

एमालेको विधानको धारा ६७ (४) मा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेद्वार भएमा पद गुम्ने प्रावधान छ।

पद गुमाउनेमा लुम्बिनी प्रदेश अध्यक्षमा प्रत्याशी बनेका हरिप्रसाद रिजाल, बागमतीमा प्रत्यासी बनेका कृष्णप्रसाद दाहाल रहेका छन्।

प्युठानका रिजाल लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेलसँग २ मतले पराजित भएका थिए भने दाहाल केन्द्रीय सदस्य कैलाश ढुंगेलसँग २ सय ५७ मतले पराजित भएका हुन्। ढुंगेलले ६ सय ९६ मत पाउँदा दाहालले ४ सय ३९ मत ल्याएका थिए।

यस्तै कोशी प्रदेश अध्यक्षको प्रत्याशी बनेका मोरङका विनोदप्रसाद ढकालले पनि केन्द्रीय सदस्य पद गुमाएका छन्। उनी मोरङकै घनश्याम खतिवडासँग पराजित भएका थिए। खतिवडाले ढकाललाई ८२ मतान्तरले पछि पारेका हुन्।

गण्डकी प्रदेशमा मायानाथ अधिकारीले पनि केन्द्रीय सदस्य पद गुमाएका छन्। बिहीबार अबेर राति सकिएको प्रदेश अधिवेशनमा अधिकारी नवराज शर्मासँग पराजित भएका थिए। म्याग्दीका शर्माले लम्जुङका अधिकारीलाई १ सय ६६ मतले पराजित गरेका थिए।

एमालेको विधानको धारा ६७ ९४० मा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेद्वार भएमा पद गुम्ने प्रावधान छ। त्यहीअनुसार चारै जना केन्द्रीय सदस्यले पद गुमाएका हुन्।

कार्यकारी अधिकार र पदेन पोलिटब्युरो सदस्य हुने भएपछि केन्द्रीय सदस्यहरू पनि प्रदेश अध्यक्षको आकांक्षी बनेका थिए।

कर्णाली प्रदेशमा पोलिटब्युरो सदस्य नै रहेका गुलाबजङ शाह प्रदेश अध्यक्षमा उम्मेदवार बनेर निर्वाचित भएका छन्।

एमालेले संगठन सुदृढीकरण अभियानअन्तर्गत प्रदेशहरूका अधिवेशन गरिरहेको छ। शुक्रबारबाट उपत्यका विशेष प्रदेशको अधिवेशन आरम्भ हुँदै छ। यसपछि सुदूरपश्चिम र मधेस प्रदेशको अधिवेशन हुने छन्।

एमालेले २०८० लाई अधिवेशनको वर्ष मानेको छ। यही वर्षभित्र पालिका र जिल्ला अधिवेशनहरू गरिसक्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group