ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

९ महिनामा ५१ सांसदले गरे विदेश भ्रमण: कहाँ गए भन्ने सोधीखोजी संसदले गर्दैन


एबीसी न्यूज
१९ आश्विन २०८०, शुक्रबार   ११ : ०४   बजे

काठमाडौं, १९ असोज । पछिल्लो ९ महिनामा ५१ जना सांसदले विदेश भ्रमण गरेका छन् । १४ जना सांसद हाल विदेश भ्रमणमै छन् । ५१ जनामध्ये २६ जना सांसदले पूर्वजानकारी गराएर विदेश भ्रमण गरेका छन् भने बाँकी कतिपयले जानकारी गराएका छैनन् । कतिपयले मौखिक जानकारी गराएका छन् ।प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा नेतृत्वको १० सदस्यीय टोली बंगलादेश भ्रमणमा छ । असोज १५ गते बंगलादेश पुगेको उक्त टोलीले पाँच दिनसम्म बंगलादेशको कृषि खेतीको अवलोकन गर्नेछ ।उक्त भ्रमण टोलीमा राणासहित सांसदहरु प्रकाश पन्थ, अनिसा नेपाली, विनिता कठायत, अम्बरबहादुर थापा, सिंगबहादुर विश्वकर्मा, सूर्यकुमारी श्रेष्ठ, रुपा सोशी चौधरी र शारदा देवी भट्ट छन् ।

सांसदहरु सुमना श्रेष्ठ जापान, सोबिता गौतम बेलायत, डा.चन्दा कार्की बेलायत, डा. तोसिमा कार्की थाइल्यान्ड, सन्तोष परियार थाइल्यान्ड भ्रमणमा छन् ।संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको चालू कार्यकाल सुरु भएपछि सांसदहरुको १२ वटा औपचारिक विदेश भ्रमण भएको छ ।४ मंसिर २०७९ मा भएको चुनावमा चुनिएर आएका प्रतिनिधि सभा सदस्यहरुले पद तथा गोपनीताको सपथ ग्रहण ७ पुस २०७९ मा गरेका थिए । संसद सचिवालयले प्रकाशन गरेको संसद दर्पणमा प्रकाशित विवरण र संसद सचिवालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार ९ असोज २०८० सम्म १२ वटा भ्रमण भएका हुन् । विनाजानकारी सांसदहरुले गरेका विदेश भ्रमण यसमा समावेश छैन ।संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको नयाँ कार्याकाल सुरु भएपछिको ९ महिनाको अवधिमा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले दुई–दुई पटक विदेश भ्रमण गरेका छन् ।

प्रतिनिधि सभाको चालु कार्यकाल सुरु भएयताको ९ महिनामा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले चार देशको भ्रमण गरे ।

भारतीय संसदीय व्यवस्था, अभ्यास र प्रणालीको अध्ययन तथा अवलोकनका लागि भन्दै संसदमा प्रतिनिधित्व गर्ने पाँच दलका १२ सांसदले १४ चैत २०७९ देखि २२ चैत २०७९ सम्म भारत भ्रमण गरे । तर उनीहरूले भ्रमणमा जानु अगाडि संसद सचिवालयलाई जानकारी गराएनन् ।

फेब्रुअरी १६ देखि २२ सम्म राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले युएईको भ्रमण गरे । ‘जेनरल मिटिङ एण्ड दुबई मिट अफ इन्टरनेशनल पर्वत सोसाइटी’ नामक कार्यक्रममा भाग लिन युएई गएका अध्यक्ष तिमिल्सिनाको साथमा उनका तत्कालीन स्वकीय सचिव उदय तिमिल्सिना पनि सहभागी थिए ।

अप्रिल १९ देखि २४ सम्म राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना नेतृत्वको टोलीले रुसको भ्रमण गर्यो । रुसको अफिसियल भिजिटमा तिमिल्सिनासहित सांसदहरु बामदेव गौतम, रमेशजंग रायमाझी, दिल कुमारी रावल पार्वती, महेश कुमार महरा र शेखर कुमार सिंह पनि थिए ।

संसद सचिवालयका सहसचिव सीता काफ्ले र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाका स्वकीय सचिव उदय तिमिल्सिना पनि उक्त भ्रमण टोलीमा थिए ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना मे २ मा कोलम्बिया पनि गए । संसद सचिवालयका उपसचिव नुमराज खनाल, बागमती प्रदेश सभा सदस्य अमन कुमार मास्केका साथै निर्मल कुमार थापा र राम कुँवर पनि उक्त भ्रमणमा थिए ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना नेतृत्वको ९ सदस्यीय टोलीले जुलाई ११ देखि १८ सम्म चीनको भ्रमण गर्यो । उक्त भ्रमण टोलीमा सांसदहरु जीवन परियार, धवलशम्शेर जबरा, दीपा गुरुङ, हरिराम चौधरी, प्रदीप यादव र उदय बहादुर बोहरा थिए । राष्ट्रिय सभा अध्यक्षका स्वकीय सचिव अकेला पौडेल र संसद सचिवालयका उपसचिव रामहरि थापा पनि सहभागी थिए ।

एलडिसी फाइभ कन्फरेन्समा सहभागी हुन कांग्रेसका सांसद जितेन्द्र नारायण देव मार्च ५ देखि ९ सम्म कतारको दोहा गएका थिए ।सांसद प्रकाश पन्थ श्रीलंका गएका थिए । उनले मार्च २७ देखि ३० सम्म श्रीलंकाको कोलम्बो भ्रमण गरे ।

सांसद रामकुमार राईले जुन १४ र १५ मा कोरिया भ्रमण गरे ।

भारतीय संसदीय व्यवस्था, अभ्यास र प्रणालीको अध्ययन तथा अवलोकनका लागि भन्दै संसदमा प्रतिनिधित्व गर्ने पाँच दलका १२ सांसदले १४ चैत २०७९ देखि २२ चैत २०७९ सम्म भारत भ्रमण गरे ।
संसद सचिवालयमा पूर्व जानकारी नदिई भारत भ्रमणमा गएपछि यो टोली विवादमा परेको थियो ।

उक्त भ्रमण टोलीमा कांग्रेसका प्रतिमा गौतम, मैना कार्की, सीता मिजार र शान्ति विक, एमालेका मेनुका पोखरेल, नारायण आचार्य, बलराम अधिकारी र फारुक अहमद सिराज सहभागी थिए । माओवादी केन्द्रका माधव सापकोटा र मीना तामाङ, रास्वपाका ढाकाकुमार श्रेष्ठ (हाल सांसद छैनन्) र एकीकृत समाजवादीका शेरबहादुर कुँवर पनि सोही टोलीमा थिए ।काठमाडौंस्थित भारतीय राजदूतावासको सहयोग र स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपाल नामक गैरसरकारी संस्थाको समन्वयमा भारत भ्रमण गरेका सांसदहरुले भ्रमणमा जानु अगाडि संसद सचिवालयलाई जानकारी गराएनन् ।

प्रश्न उठेपछि सभामुखलाई विद्युतीय माध्यमबाट उपस्थित हुन नसक्ने जानकारी कतिपय सांसदले गराएको संसद सचिवालयका अधिकारीहरु बताउँछन् । तर, १२ सांसदले भारत भ्रमण गरेको औपचारिक अभिलेख संसद सचिवालयमा छैन ।यद्यपि सभामुखसँग समेत समन्वय गरेर विदेश भ्रमण हुन सक्ने बताउँछन् संसद सचिवालयका प्रवक्ता एकराम गिरी ।सांसद कहाँ छन् भन्ने जानकारी संसद र सभामुखलाई हुनुपर्ने मान्यताका आधारमा पूर्व जानकारी गराएर विदेश भ्रमणमा जानुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा गरिएको उनी बताउँछन् । काबु बाहिरको परिस्थितिमा मौखिक जानकारी गराउन सक्ने लगायतका सुविधा रहेको र कसैले विनाजानकारी भ्रमण गरे त्यो गयलका रुपमा रहने संसद सचिवालयका प्रवक्ता गिरीको भनाइ छ ।

लगातार १० वटा बैठकसम्म अनुपस्थित भए संसदबाटै बिदा स्वीकृतिको निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अन्यथा, सांसदहरु १० भन्दा कम बैठकमा विनाजानकारी अनुपस्थित रहे कुनै कारबाही र सार्वजनिक जानकारीमा रहँदैन । यही व्यवस्थालाई देखाएर कतिपय सांसदहरुले विनाजानकारी समेत विदेश भ्रमण गर्ने गरेका छन् ।संसद सचिवालयका प्रवक्ता गिरीका अनुसार ‘संसदमा अनुपस्थित रहे गयलका रुपमा रहन्छ । कहाँ गए भन्ने सोधीखोजी संसदले गर्दैन,’ उनी थप्छन्, ‘कतिपय औपचारिक कार्यक्रममा संसद सचिवालयले समन्वय गर्छ । अनौपचारिक कार्यक्रममा हाम्रो भूमिका हुँदैन । व्यक्तिगत भ्रमणबारे जानकारी हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group