ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ जहाज किन्न मन्त्रीको दौडधुप, ४८ अर्ब पुरानै ऋण बाँकी :


एबीसी न्यूज
१९ आश्विन २०८०, शुक्रबार   १२ : २१   बजे

काठमाडौं, १९ असोज । एकातिर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको विमान खरिदवापतको ऋण ४८ अर्ब बढी पुगेको छ भने अर्कातिर नयाँ जहाज खरिदको चक्करमा मन्त्री स्वयम् लागेका छन् ।

नेपाल वायुसेवा सुधार समितिले बुझाएको प्रतिवेदन अनुसार, समयमा विमान खरिदका लागि लिएको ऋण ४८ अर्ब १७ करोड रुपैयाँमा पुगेको देखाएको छ ।

पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा नेपाल वायु सेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिको प्रतिवेदन सोल्टी होटलको सेयर बेची नयाँ जहाज किन्न सुझाएपछि पर्यटन मन्त्री सुदन किराती हौसिएका हुन् ।

निगमले जहाज किन्दा होस् या भाडामा लिँदा प्रकरणको रुप धारण गर्ने क्रम निरन्तर छ । जब पर्यटन मन्त्री हौसिन पुग्छन्, सँगै कमिशन र भ्रष्टाचार प्रकरणमा रुपान्तरित हुने गर्छ । नयाँ जहाज खरिदको दौडधुपमा लागेका मन्त्री किरातीलाई क्षेत्री प्रतिवेदनको साहरा मिलेको छ ।

त्यसो त, मन्त्री नियुक्त भएपछि उनी जहाज खरिदमै जोड दिँदै आएका छन् । किरातीले सार्वजनिक कार्यक्रममा पनि जहाज खरिद गर्ने बताउँदै आएका छन् । जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको मन्त्री किरातीको तर्क छ । त्यसमा आफ्नो निजी स्वार्थ नभएको समेत दाबी गर्दै आएका छन् ।

मन्त्री किरातीले बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पनि जहाज खरिद गर्ने बताएका थिए ।

“हामीसँग एक अर्ब ६५ करोड पैसा छ । साना जहाजको प्रक्रियामा हामी अघि बढेका छौं । इतिहासदेखि ऋणमुक्त हुने गरी नाफा हुने भएन,” मन्त्री किरातीले भने, “हामीसँग ६ वटा जहाज छ । हामी आएपछि सञ्चालन खर्चमा नाफा भएको छ ।”

क्षेत्री समितिले निगमको सोल्टी होटेलमा भएको सेयर बेचेर स्रोतको जोहो गर्न सुझाव दिएको छ । निगमको सोल्टी होटेलमा एक करोड तीन लाख ३३ हजार ६९९ कित्ता सेयर स्वामित्व छ । उक्त सेयर बेचेर जहाज खरिद गर्न स्रोतको जोहो गर्न सकिने समितिको सुझाव छ ।

न्यारो र वाइडबडीको बोझ

निगम र कर्मचारी सञ्चय कोषबीच २०७० असार ४ मा दुई वटा न्यारोबडी एयरबस खरिद सम्झौता भएको थियो । तत्कालीन समयमा नेपाल सरकारको १० अर्बको जमानीमा नौ अर्ब ९८ करोड ११ लाख १७ हजारको ऋण कोषसँग सम्झौता भएको थियो ।

यस्तै, २०७४ जेठ २८ मा ए–३३० वाइडबडी एयरबस १ थान खरिद गर्न सरकारको १२ अर्बको जमानीमा ११ अर्ब ९९ करोड ६१ लाखको ऋण सम्झौता भएको थियो । प्रतिवेदनअनुसार २०७९ चैत मसान्तसम्मको ब्याज र जरिमानासमेत गरेर कुल ऋण दायित्व २७ अर्ब ३७ करोड ९४ लाख पुगेको छ ।

त्यसरी नै २०७४ जेठ २९ मा ए–३३० वाइडबडी एयरबस १ थान खरिद गर्न नेपाल सरकारको १२ अर्बको जमानीमा उक्त रमकको ऋण सम्झौता भएको थियो । उक्त ऋणमा २८ असारमसान्तसम्मको व्याज र जरिवाना समेत ऋण दायित्व १६ अर्ब १८ करोड १४ लाख ४७ हजार पुगेको छ ।

यी दुवै संस्थाले उल्लिखित रकमको बक्यौता ब्याजसमेत पुँजीकृत गरेका छन् । यसबाहेक अन्य ऋणअन्तर्गत ४ अर्ब ६ करोड रहेको समितिको प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार, निगमको विमान खरिद बापत ऋण ४८ अर्ब १७ करोड रुपैयाँ छ ।

उडानको लक्ष्य खस्किँदै

समितिको प्रतिवेदनले निगमको गुणस्तर र निर्धारित उडान तालिका पनि खस्किदै गएको उल्लेख छ ।

निगमले आफ्नो उडान योजनाअनुसार उडान गर्न सकेकोे छैन । साथै, जुन उडान समयमा हुनुपर्ने हो, त्यसअनुसार समय मै उडान गर्ने नसकेको प्रतिबेदनमा उल्लेख छ ।

image-1696564265.png

यसले गर्दा निगमलाई आर्थिक तथा व्यवसायिक नोक्सानि भएको छ । जसको प्रत्यक्ष असर बजार हिस्सा पनि घटेको छ । आर्थिक वर्ष २०७७÷७८ र २०७८÷७९ कै तथ्यांक हेर्दा पनि निगमको गुणस्तर र निर्धारित उडान तालिकाको तथ्यांक हेर्दा पनि सुधारोन्मुख हुनुपर्नेमा खस्किदै गरेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

निगमले आय वृद्धि र साख कायम गर्न गुणस्तरीय सेवा दिन निर्धारित उडान तालिकाअनुसार विमान उडान गर्न उचित रणनीति अवलम्बन गर्न समेत सुझाव दिएको छ ।

मन्त्री भन्छन् स् चार अर्ब ऋण तिरिसक्यौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू मन्त्री बनेर आएपछि नेपाल वायु सेवा निगमको चार अर्ब ऋण तिरिसकेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदले सोधका प्रश्नहरुको जवाफ दिँदै मन्त्री किराँतीले नेपाल वायुसेवा निगम ४८ अर्ब ऋणमा रहे पनि आफू मन्त्री बनेर आएपछि चार अर्ब ऋण तिरिसकेको बताएका हुन् ।

निगमसँग एक अर्ब ६५ करोड रकम रहेको बताए । उनले इतिहासदेखि ऋण मुक्त हुने गरी निगम नाफामा नभए पनि आफू आइसकेपछि सञ्चालन खर्चमा नाफा भएको दाबी गरे ।

“वायुसेवा निगमको इतिहास लामो छ । हामीसँग धमिजा, लाउडादेखि लिएर ठूलाठूला कान्डहरु बेहोर्दै आएको यो आफैँमा ४८ अर्ब ऋणमा छ । कोभिडकालमा रेस्क्यू गर्दा जहाज अघि सरेको थियो । हामी मन्त्रालयमा आइसकेपछि चार अर्ब ऋण तिरेका छौँ,” उनले भने ।

उनका अनुसार, पहिलोपटक दुई अर्ब ९४ करोड र पछिल्लो समय एक अर्ब । हामीसँग एक अर्ब ६५ करोड पैसा छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group