ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले कालोबजारी नियन्त्रणमा चासो दिएन : सांसद


एबीसी न्यूज
१९ आश्विन २०८०, शुक्रबार   १२ : ५५   बजे

काठमाडौं, १९ असोज । चाडपर्वलाई लक्षित गरेर कालोबजारी गरिँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद भगवती चौधरीले चाडबाडका बेला हुने कालोबजारी नियन्त्रणका लागि सरकारले ध्यान दिन नसकेको बताइन् । उनले मिटरब्याजीपीडितलाई पनि सरकारले थप पीडाबाहेक अरू केही दिन नसकेको भन्दै आक्रोश व्यक्त गरिन् ।

“अहिले चाडबाडका बेला कालोबजारी हुन्छ । बजारमा सामान छ, उसले लुकाउन खोज्छ, चाडपर्वमा महँगो गरी बेच्नका लागि । यसको अनुगमन सरकार पक्षले तदारुपताका साथ गर्नुपर्ने काम सरकारले गरेको छैन,” उनले भनिन्, “त्यसरी नै अहिले मुलुककी संहिताअन्तर्गत मिटरब्याजपीडितहरू झन् पीडामा परेको अवस्था छ ।”

सांसद विमला सुवेदीले चाडबाडका बेला सार्वजनिक सवारीसाधनले यात्रीलाई ठग्ने गरेको बताइन् । त्यो नियन्त्रण हुने गरी अनुगमनको कामलाई व्यवस्थित बनाउन उनले सरकारको ध्यानाकर्षण गराइन् ।

समयमै कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई मारमा पर्न नदिन उनले सरकारलाई सचेत गराइन् । “चाडबाडको समयमा मूल्यवृद्धि तथा कालोबजारी हुने, सवारी भाडामा यात्रुहरूमाथि ठगी हुने गरेको छ,” उनले भनिन्, “बेलैमा यसको अनुगमन र नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

सांसद मनीष झाले जनकपुरमा हत्या गरिएकी आरती साहका परिवारलाई न्याय दिनुको सट्टा पीडा दिने काम गरिएको भन्दै सरकारको आलोचना गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu