ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जासुसले फेसबुकमा युवती बनेर हात पारे गोपनिय सरकारी दस्तावेज


admin
२६ माघ २०७४, शुक्रबार   ४ : २२   बजे

नयाँ दिल्ली, २६ माघ । भारतीय वायुसेनाका एक ग्रुप क्याप्टेनलाई जासुसले फेसबुकमा नक्कली प्रोफाईल बनाएर महत्वपूर्ण सूचना हासिल गरेको तथ्य प्रकाशमा आएको छ । जासुसको एक समूहले फेसबुकमा युवती बनेर भारतीय वायुसेनाका क्याप्टेनलाई सम्पर्क गरेका थिए । कुराकानी बढ्दै गएपछि क्याप्टेनले गोपनीय दस्तावेज युवती बनेर फसाईरहेका जासुसलाई दिएका थिए ।

भारतीय संचारमाध्यमका अनुसार पाकिस्तानी गुप्तचर एजेन्सी ‘आइएसआइ’ का लागि जासुस गर्दै आएको समूहले भारतीय वायुसेनाका अधिकारीलाई फेसबुकमार्फत जालमा पारेर गोपनीय दस्तावेज हासिल गरेको हो ।

अरुण मारवाह नाम गरेका भारतीय वायुसेनाका ती ‘ग्रुप क्याप्टेन’माथि करिब १० दिन लामो अनुसन्धान गरी यो तथ्य प्रकाशमा आएको अधिकारीहरुको भनाइ छ । उनलाई बिहीबार हिरासतमा लिइएको छ ।

प्राप्त विवरणअनुसार गत वर्ष डिसेम्बरमा दुईवटा नक्कली प्रोफाइलमार्फत मारवाहसँग जासुसले सम्पर्क गरेका थिए । ती दुवै प्रोफाइल युवतीको नाममा थिए । उनीहरुले आफूलाई मोडल बताउँदै आएका थिए ।

मित्रता बढ्दै जाँदा मारवाहले उनीहरुसँग अन्तरङ्ग वार्ता गर्न थालेका थिए । एक साताभन्दा लामोसमय यसरी अन्तरङ्ग वार्ता भएको बताइन्छ ।

पछि उनीहरुले मारवाहसँग वायुसेना मुख्यालयमा रहेका महत्वपूर्ण दस्तावेजका तस्वीर मागेको र मारवाहले आफ्नो मोबाइलमार्फत उनीहरुलाई त्यस्ता दस्तावेज उपलब्ध गराएको भारतीय अधिकारीहरुको दावी छ ।

उनले केही तालिम र युद्धसम्बन्धी तयारीका विविध जानकारीसमेत उपलब्ध गराएको बताइन्छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu