ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएन अध्यक्षमा डा. बद्री केसी निर्वाचित, अन्य पदाधिकारीमा को–को?


एबीसी न्यूज
३ कार्तिक २०८०, शुक्रबार   ७ : १८   बजे

काठमाडौं, ३ कात्तिक । । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका छन् ।

काठमाडौं सोल्टी होटमा आयोजित ११औं विश्व सम्मेलनअन्तर्गत बिहीबारको प्रत्यक्ष तथा अनलाइन मतदानबाट अन्य दुई प्रतिस्पर्धीलाई हराउँदै केसीले जित हात पारेका हुन् ।

निर्वाचन समितिका अनुसार केसी १३७८ भोट ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी आरके शर्मा र महेश श्रेष्ठ पराजित भए । शर्माले १२८१, श्रेष्ठले १२२५ मत प्राप्त गरेका छन् ।

डा. केसी एमालेनिकट हुन् । निवर्तमान तीन अध्यक्षमध्ये केसी कार्यकारी अधिकारयुक्त थिए । एमालेनिकट प्रवासी नेपाली मञ्चले उनलाई अघि सारेको हो । केसीले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएनए डेभलपमेन्ट फन्ड तथा गैरआवासीय नेपालीको हक(अधिकारलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए ।

महेश कांग्रेसनिकट हुन् । उनी एनआरएनएको निवर्तमान उपाध्यक्ष थिए । कांग्रेसबाट डा। केशव पौडेल पनि अध्यक्षका आकांक्षी थिए । तर, पार्टीका नेताहरुले उनलाई थामथुम गरेर श्रेष्ठलाई अघि सारेका हुन् ।

अर्का प्रत्यासी शर्मालाई माओवादीको आशिर्वाद छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै ग्रीन सिग्नल दिएपछि उनी उम्मेदवार बनेका थिए । उनी पनि निवर्तमान उपाध्यक्ष हुन् ।

उपाध्यक्षमा अस्ट्रेलियाबाट डा। विनोद श्रेष्ठ (१५६०), यूकेबाट डा। हेमराज शर्मा (२२६५), मलेसियाबाट खगेन्द्र न्यौपाने (१३५७), कतारबाट राजु रेग्मी ‘राज’ (१९००), यूकेबाट रामशरण सिमखडा (१५५२) र जापानबाट रोविन शेरचन (२१८०)विजयी भएका छन् ।

यूकेबाट रोजिना प्रधान राईले १९४७ भोट ल्याएर महिला उपाध्यक्ष जित्दा उनकी प्रतिद्वन्द्वी साउदी अरवियाबाट वेगम सैयद १९१४ मतमा रोकिइन् ।

युवा उपाध्यक्षमा रोसन थापा २४६८ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी अब्दुल बासिदले १३२२ मत प्राप्त गरे ।

संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरेका छन् ।

उपमहासचिवमा २१५० मत ल्याएर प्रवीन गुरुङ कतारबाट र १७९० मत ल्याएर सोमनाथ सापकोटा यूकेबाट निर्वाचित भएका छन् ।

१५ जनाको उम्मेदवारी परेको सचिव पदमा निर्वाचित भएका ६ जना सचिवमा १६७३ मत ल्याएर भीम केसी ‘कमल’, १७८२ मत ल्याएर डा। ज्ञानेन्द्र रेग्मी, २०२४ मत ल्याएर मनोजकुमार श्रेष्ठ, १८५३ मत ल्याएर डा। नवराज रोस्यारा, १६५१ मत ल्याएर पारमणि पोखरेल र १६६६ मत ल्याएर स्वतन्त्रप्रताप शाह निर्वाचित भएका छन् ।

महिला सचिवमा राधिका गुरुङ ‘टीका’ ले २३२० मत ल्याएर विजयी हुँदा विमला सापकोटा १५३९ मतमा रोकिइन् ।

कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगानालाई हराउँदै सुदनकुमार थापा निर्वाचित भए ।

सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना (२०१५), अभिमन्यू बस्नेत (२०८१) र तिलकप्रसाद गैरे (२२३२) मत ल्याएर विजयी भए ।

अमृता थापा २२८७ मत ल्याएर महिला सहकोषाध्यक्षमा विजयी भइन् । उनकी प्रतिस्पर्धी तृष्णा शर्माले १५२२ मतमात्र ल्याइन् । अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरिन् । यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङ २०३६ मतका साथ विजयी भए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group