ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरीले माग्यो ९६ इन्सपेक्टर र २६० असई


एबीसी न्यूज
३ कार्तिक २०८०, शुक्रबार   ८ : ४४   बजे

काठमाडौं, ३ असोज । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ।

प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित गर्दै ९६ इन्सपेक्टर र २६० जना असईका लागि दरखास्त आह्वान गरेको हो।

९६ इन्सपेक्टरमध्ये ५२ जना खुलाबाट, २ जना अमररअशक्त परिवारबाट छानिने छन्। समावेशीतर्फ ९ जना महिला, १२ जना आदिवासी जनजाति, १३ जना मधेशी, ६ जना दलित र २ जना पिछडिएको क्षेत्रबाट छानिनेछन्।

त्यस्तै २६० असईमा १४० जना खुलाबाट र ५ जना अमर अशक्त प्रहरी परिवारबाट छानिनेछन्।

असईमा समावेशीबाट महिला २३ जना, आदिवासी जनजाति ३६ जना, मधेशी ३३ जना, दलित १७ जना र ६ जना पिछडिएको क्षेत्रबाट छानिनेछन्।

इन्सपेक्टरमा अनलाइनबाट पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ भने असईमा दरखास्त दिन भने व्यक्ति स्वयं उपस्थित हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

दरखास्त दिनका लागि कात्तिक १९ गतेदिख २९ गतेसम्मको समय निर्धारण गरिएको छ। इन्सपेक्टरमा दरखास्त दिन १ हजार २ सय राजस्व बुझाउनुपर्नेछ। एकभन्दा बढी समूहमा दरखास्त दिन प्रत्येक समूहका लागि २० प्रतिशत अर्था २४० रूपैया थप दस्तुर लाग्नेछ। असइतर्फ भने राजस्व वापत ५ सय रूपैयाँ एकभन्दा बढी समूह थपिए प्रत्येक समूहका लागि १०० रूपैयाँ थप दस्तुर लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group