ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए अध्यक्षका प्रतिस्पर्धीले नतिजा नमान्ने


एबीसी न्यूज
३ कार्तिक २०८०, शुक्रबार   ३ : २६   बजे

काठमाडौं, ३ कातिक ।  गैरआवासिय नेपाली संघ(एनआरएनए)का अध्यक्षका प्रतिस्पर्धी उम्मेदवारले बिहीबार राति आएको मत परिणाम आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । अध्यक्षका पराजित उम्मेदवार महेशकुमार श्रेष्ठ र आरके शर्मा(राजेन्द्रकुमार) ले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै बिहीबार मध्यराति घोषणा गरिएको निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेकाले आफूहररुलाई मान्य नहुने उल्लेख गरेका छन् ।

‘अनलाइन भोटिङ सिस्टम ह्याक गरेर उपाध्यक्ष पदका उम्मेदवार केशव पौडेलको मत शून्य देखाइएको छ । भेरो कम्पनीको नाममा अनलाइन सिस्टम कब्जा गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षका उम्मेदवार बद्री केसीले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्या भन्दा बढी हुन्छ, यस्तो निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार छैन ।’ यो निर्वाचन समितिप्रति विश्वास नभएको विज्ञप्तिमा उल्लेख छ । ‘११औं महाधिवेशनको प्रक्रिया जारी रहेकाले महाधिवेशनले उपयुक्त निर्णय गर्ने छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै डेलिगेट्स मित्रहरुलाई संयम अपनाउन र एनआरएनहरुको मर्यादामाथि आघात पुग्ने कुनै पनि गतिविधि नगर्न अपिल गर्दछौं ।’ भेरोद्वारा फेस भेरिफिकेसन पद्धति प्रयोग गरी गैर आवासीय नेपाली संघकै इतिहासमा पहिलोपटक गराइएको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुने अपेक्षा गरेपनि त्यो नपाइएको विज्ञप्तिमा उल्लेख छ । ‘त्यसै अनुसार हामीले निर्वाचन कार्यक्रममा सक्रिय रुपमा सहभागी भै निर्वाचन समितिलाई पूर्ण सहयोग पनि गरेका थियौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तर पूर्व नियोजित रुपमा सेटिङ गरी गरिएको कथित नतिजा घोषणा हामीलाई मान्य छैन, संघको तर्फबाट भेरोसँग मास्टर कपी माग गरिएको छ ।’

गैरआवासीय नेपाली संघ ९एनआरएनए० को अध्यक्ष पदमा बद्री केसी विजयी भएका छन् । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीहरू आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । केसीले १३७८ , शर्माले १२८१ र श्रेष्ठले १२२५ मत प्राप्त गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu