ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ विदेशमन्त्री वाङ यीले यो हप्ता अमेरिकाको भ्रमण गर्ने


एबीसी न्यूज
८ कार्तिक २०८०, बुधबार   ८ : १८   बजे

काठमाडौं, ८ कातिक । चीनका विदेशमन्त्री वाङ यी यसै हप्ता अमेरिकाको भ्रमणमा जाने हुनुभएको छ । उहाँको भ्रमण आउँदो महिना क्यालिफोर्नियामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच हुन लागेको सम्भावित बैठकभन्दा अघि हुन लागेको हो ।

विदेशमन्त्री यीको तीन दिने भ्रमणमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सीएनएनले जनाएको छ । तर उहाँले राष्ट्रपति बाइडेनलाई भेट्नुहुन्छ वा हुन्न भन्नेबारे खुलेको छैन । यसअघि अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बेइजिङमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्नुभएको थियो ।

अमेरिका र चीनबीच तनाव बढिरहेको अवस्थामा बाइडेन प्रशासनले बेइजिङसँग वार्ताका लागि दबाब दिने प्रयास गरिरहेको छ । इजरायल र हमास समूहबीच युद्ध भइरहेको बेला अमेरिकाले इजरायललाई आफ्नो समर्थन रहेको प्रतिबद्धता व्यक्त गरेको अवस्थामा चिनियाँ विदेशमन्त्रीको अमेरिका भ्रमण हुन लागेको हो ।

यसका साथै ‘दक्षिण र पूर्वी चीन सागर, क्रस–स्ट्रेट मुद्दा, मध्यपूर्व, युक्रेनमा रुसको युद्धलगायतका मुद्दामा अमेरिकी अधिकारीहरूले चिनियाँ विदेशमन्त्री वाङ यीसँग छलफल गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै आज पनि २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीको बहावसमेत बढ्ने

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu