काठमाडौं, १० कात्तिक । घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा युनाइटेड अरब इमिरेट्स यूएई विरुद्ध नेपाललाई गुल्सन झाले तेस्रो सफलता दिलाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १६३ रनको लक्ष्य पछ्याइरहेको यूएईका आसिफ खानलाई गुल्सनले अभिनाश बोहराबाट क्याच गराए ।
आसिफले सात रन जोडे । गुल्सनले यसअघि यूएईका कप्तान मुहम्मद वसिमलाई आउट गराएका थिए ।
जारी खेलको ११ ओभर समाप्त हुँदा यूएईले तीन विकेट गुमाएर ९४ रन बनाएको छ ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रनको योगफल खडा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्