ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के होला रिगलविरुद्धको फैसला ? राष्ट्रपतिबाट कैद माफी पाएर छुटेका फेरि अपराध कर्ममै


एबीसी न्यूज
१६ कार्तिक २०८०, बिहिबार   १२ : ३७   बजे

काठमाडौं, १६ कात्तिक । चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय भोगिरहेका रिगल भनिने योगराज ढकाल संविधान दिवसका दिन गत असोज ३ मा जेल मुक्त भए । उनी अदालतले तोकेबमोजिमको सजाय काटेर जेल मुक्त भएका थिएनन् ।

हत्यारा प्रमाणित रिगल डन राजनीतिक शक्तिको पहुँचमा संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाउँदै जेल मुक्त भएका हुन् । जेल पर्नुअघि बाँके तरुण दलका क्षेत्रीय सभापतिसमेत रहेका रिगल गुण्डागर्दीको दुनियाँमा चर्चित नाम हो ।

राजनीतिको त्यही फेरो समातेका रिगललाई माफी दिन सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्‍यो । संविधान दिवसका दिन माफी उनले माफी पाए ।

तर, जेल मुक्त हुँदा राजनीतिक आस्थाका बन्दी जसरी फूलमालासहित कारागारबाट घर फर्किए, त्यो आमआलोचनाको विषय बन्यो । आलोचना मात्रै होइन, जघन्य अपराधीलाई त्यसरी कैद सजाय माफी दिने सरकारी सिफारिस अनुमोदन कारण राष्ट्रपति पौडेलसमेत आलोचित बन्न पुगे ।

रिगललाई त्यसरी कैद मिनाहा गरी रिहाइ गरेपछि चेतन मानन्धरकी श्रीमती अदालतसँग न्याय माग्दै मुद्दा दर्ता गराएकी छिन् । रिगलको आममाफी बदरको माग राख्दै २२ असोजमा सर्वोच्च पुगेकी भारतीले दर्ता गराएको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ निरन्तर छ ।

२८ असार २०७२ मा नेपालगञ्जमा चेतन मानन्धरलाई रिगलसहितको समूहले खुकुरी प्रहार गरी हत्या गरेको थियो । त्यही अभियोगमा बाँके जिल्ला अदालतले रिगललाई २०७५ मा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

उनी उक्त सजायको ५० प्रतिशत नै जेल नबसी माफी पाएर जेल मुक्त भएका हुन् । यसरी संविधान दिवसको अवसरमा कैद मिनाहा पाउने उनी एक्ला भने होइनन् । रिगल जस्तै ६७० जनाले कैद सजाय छुट पाएका थिए । तर, विवाद हुँदै अदालती प्रक्रियामा पुगेको भने रिगलविरुद्ध मात्रै हो ।

माफी पाएकाहरुबाटै जघन्य अपराध

कैदीको आचरण सुधार दाबीसहित सरकारी सिफारिसमा राष्ट्रपतिबाट माफी पाउँदै छुटेकाहरु फेरि अपराध कर्ममा फर्किन थालेका छन् । गत जेठमा गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले आममाफी दिएपछि कैद मुक्त भएका चितवनका ५५ वर्षीय रामचन्द्र थापा पुनः पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका–१ का एक क्लिनिक सञ्चालकलाई अपहरण गरी ज्यान मार्ने धम्की दिँदै २५ लाख रुपैयाँ फिरौतीमा माग गरेको आरोपमा पक्राउ परेका हुन् । सोमबार पक्राउ परेका थापालाई चितवन प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । २०७५ मा डाँका मुद्दामा दोषी ठहर हुँदै नौ वर्ष कैद सजाय तोकिएका थापा आममाफीपछि साढे चार वर्षमै छुटेका थिए ।

थापाबाहेक यसअघि ३ असोजको संविधान दिवसको दिन कैद सजाय माफी पाएर छुटेका रुकुम पश्चिम सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकबहादुर विक हत्या अभियोगमा फेरि पक्राउ परिसकेका छन् ।

२७ असोजमा रुकुम पश्चिम मुसिकोटकी २८ वर्षीया भावना विकको हत्या आरोपमा उनी पक्राउ परेका हुन् । हाल प्रहरी थुनामै रहेका विकमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ । ०७६ मा बहुविवाह मुद्दामा दोषी ठहर गर्दै अदालतले उनलाई एक वर्ष कैद सजायको फैसला सुनाएको थियो । अदालतको तोकेको सजाय नकाटी राष्ट्रपतिबाट कैद माफी पाउँदै उनी छुटेका हुन् ।

कानुनी व्यवस्थाको दुरुपयोग

मुलुकी फौजदारी कार्यविधि कसुर संहिता २०७४ को धारा १५९ मा सजाय माफी दिन सकिने व्यवस्था छ । उक्त दफाको उपधारा ७ अनुसार, सरकारले कैद माफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने उल्लेख छ ।

फौजदारी कसुर ऐनको दफा ३७ अनुसार पनि कैदमा रहँदा चालचलनमा सुधार आएमा र निजले ५० प्रतिशत कैद सजाय भुक्तान गरेमा कैद कट्टा गर्न सकिने व्यवस्था छ ।

त्यही व्यवस्था अनुसार, हाल सरकारको सिफारिसमा राष्ट्रपतिले कैद सजाय छूट दिँदै आएका छन् । तर, राजनीतिक पहुँच र आर्थिक चलखेलका आधारमा कारागार व्यवस्था विभागबाट छुटका निम्ति सिफारिस भएको आशंका छ ।

प्रहरी पूर्व नायव महानिरीक्षक डीआईजी हेमन्त मल्लले पहुँचका भरमा सजाय माफी पाउनेहरुको मनोबल बढ्ने र उनीहरु पुनः अपराध कर्ममा फर्किने बताउँछन् । उनी भन्छन्, “यसरी शक्तिको भरमा कैद सजाय छुट पाउनेहरु कारागार रहँदा पनि अन्य कैदीभन्दा राम्रै तरिकाले बसेका हुन्छन् । त्यसमाथि कैद छुट पाएपछि झन् उनीहरुको मनोबल बढ्छ ।”

यसरी कैद छुट पाएकाहरु फेरि अपराध कर्ममा लाग्नु सुरक्षाका दृष्टिले झन् जोखिम हुने उनको भनाइ छ । पूर्व गृहसचिव गोविन्द कुसुमले भने अपराध कसुरमा दोषी ठहर भएर कैद सजाय भोगिरहेकालाई आफूले गरेको अपराधबारे हिनताबोध गराउनु आवश्यक रहेको बताउँछन् ।

“जबसम्म कैदीहरुलाई आफूले गरेको अपराधबारे हिनताबोध हुँदैन, तबसम्म उनीहरुमा बदलाको भाव रहिरहन्छ । उनीहरु जेल सजाय काटेर बाहिर आएपनि वा माफी पाएर आए पनि अपराध कर्ममा फर्किने अवस्था उतै रहन्छ,” कुसुम भन्छन् ।

अपराधीहरुलाई जेलभित्र नैतिक शिक्षा र अध्यात्म आवश्यक रहेको उनको तर्क छ । उनको भनाइ छ, ‘‘सजाय माफीको विषयमा समेत मनोवैज्ञानिक मूल्यांकन आवश्यक हुन्छ ।’’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group