ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओमानसँग पराजित नेपाल समूह उपविजेता


एबीसी न्यूज
१६ कार्तिक २०८०, बिहिबार   १२ : ४५   बजे

काठमाडौं, १६ कात्तिक । रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले पराजित भएपछि नेपाल आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा समूह ‘ए’को उपविजेता बनेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो ।

नेपाललाई जितका निम्ति अन्तिम ओभरमा २७ रन आवश्यक थियो । अन्तिम ओभर बलिङमा ओमानका बिलाल खान आएका थिए । बिलालले गरेको पहिलो बलमा क्रिजमा रहेका विवेक यादवले छक्का प्रहार गरे । त्यसपछिको बल वाइड हुँदा विवेकले दोस्रो बलमा पनि छक्का नै प्रहार गरे । तेस्रो बलमा पनि विकेटले छक्का प्रहार गरे । तर, चौथो बलमा विवेक क्याच आउट भएपछि नेपाल पुनः दबाबमा आएको थियो ।

पाँचौँ बलमा अभिनाश बोहराले एक रन लिँदै करण केसीलाई ‘स्ट्राइक’ दिएका थिए । अन्तिम बलमा करणले छक्काकै निम्ति प्रहार गरे पनि ‘डाउन दी ग्राउन्ड’ कलिमुल्लाहबाट क्याच भएपछि नेपाल पाँच रनले पराजित भयो ।

विवेकले २४ बलमा पाँच छक्कासहित ३९ रन बनाए पनि टिमको हार टार्न सकेनन् । कुशल भुर्तेलले १८ बलमा एक चौका र तीन छक्कासहित २६ रन जोडे । सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल र सन्दीप जोराले समान १२ रन थपे । कुशल मल्ल १० रनमा आउट भए ।

ओमानका बिलाल खानले तीन विकेट लिए । साकिल अहमेद, मेहरन खान र अकिब इल्यासले समान दुई विकेट लिए । जिसान मक्सुदले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

ओमानका कप्तान जिसान मक्सुदले ३२ रन बनाए । नसिम खुशीले २५, प्रतिक अथावालेले २४, अयान खानले १८ र साकिल अहमेदले २२ रन थपे ।

नेपालका करण केसीले तीन विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए । अभिनाश बोहरा र गुल्सन झाले एकरएक विकेट झारे ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा सिंगापुरविरुद्ध आठ र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो । ओमानले भने पहिलो खेलमा मलेसियालाई ३२ र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।

समूह ‘ए’को उपविजेता बनेको नेपालले अब फाइनल प्रवेशका निम्ति समूह ‘ए’को विजेता युनाइटेड अरब इमिरेट्स यूएईसँग खेल्नेछ । समूहमा नेपालले तीन खेलबाट चार अंक जोड्यो । नेपालसँगको जितसँगै शीर्ष स्थानमा उक्लिएको ओमानले तीन खेलबाट ६ अंक बनायो । ओमानले अब समूह ‘बी’को उपविजेतासँग खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group