ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योभन्दा म टेलिभिजनमा प्रभावकारी थिएँ, संसद्‌मा रवि लामिछानेको गुनासो


एबीसी न्यूज
१६ कार्तिक २०८०, बिहिबार   २ : २२   बजे

काठमाडौं, १६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले सत्ताको स्वार्थपूर्ति गर्न ‘महागठबन्धन’ बनाउन सक्नेलाई शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन कसले रोक्यो भन्दै प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले कोसी प्रदेश सरकारको उदाहरण दिँदै शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन कसले रोक्यो भन्दै प्रश्न गरेका हुन् ।

“कोसीमा सत्तास्वार्थमा मिल्न सक्ने, महागठबन्धन बन्न सक्ने तर पीडितलाई न्याय दिने विषयमा शान्ति प्रक्रिया टुंगो लगाउन कसले रोक्यो, हामी नयाँ दलले रु हामी प्रक्रियागत रूपमा पीडितको पक्षमा रहेर कहाँ सहयोग गर्नुपर्ने हामी दिन तयार छौँ,” उनले भने ।

ठूला दलहरूमा व्यवस्था गुम्छ कि भन्ने चिन्ता बढेको उनको भनाइ छ । कसका कारणले व्यवस्था गुम्ने हो भन्दै उनले प्रश्न समेत गरे । व्यवस्था अरूका कारण कि तपाईं हाम्रो चरित्रका कारण खतरामा छ भन्दै उनले थप प्रश्न गरे ।

“यसमा प्राथमिकता दिएको भए यसमा चिन्ता गर्नुपर्ने थिएन । व्यवस्था जोगाएका छौँ कि आफ्नो मान्छे रु,” उनले भने, “साँच्चै मुलुकको चिन्ता हुन्थ्यो भने जेलमा बसेको मान्छे छुटाउने चिन्ता हुने थिएन ।”

उनले संसद्ले जनप्रतिनिधिको आवाज सुनेको छैन भने नागरिकको आवाज कसरी सुन्छ भन्दै प्रश्न गरे । पार्टीले पटक–पटक दर्ता गराएको संकल्प प्रस्तावलगायत विषय सरकारले छलफलमा नल्याएको उनले उल्लेख गरे ।

“मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई प्रश्न सोध्छौँ, ताकि उहाँहरूबाट जवाफ आउन सकोस्, नागरिकलाई आश्वस्त पार्न सकियोस् । तर, दुःखका साथ भन्छु– यो संसद्ले हामी जनप्रतिनिधिको आवाज सुनेको छैन, नागरिकको आवाज के सुनेको छ,” उनले भने, “योभन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथे । नागरिकको समस्याहरू सुल्झाउने काममा योभन्दा धेरै प्रभावकारी काम गरेको मलाई सम्झना आउँछ ।”

उनले सहकारीको समस्यालाई साधारण रूपमा लिइए धेरै मानिसको बिल्लीबाठ हुने बताए । अहिले आईपीओका नाममा घाटा लागेको संस्थामा बुकमा नाफा देखाएर नागरिकको पैसा ठग्ने काम सुरु गरिएको उनको टिप्पणी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu