ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुट्टी देखिसकेका छौँ, अँध्यारो युगमा फर्काउने नसोच्नुस् -पूर्वराजालाई माधव नेपालको चेतावनी


एबीसी न्यूज
१६ कार्तिक २०८०, बिहिबार   ३ : ३२   बजे

काठमाडौं, १६ कात्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई व्यवस्थाप्रति प्रश्न नउठाउन चेतावनी दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले पूर्वराजा ज्ञानेन्द्रको नाम नलिई अँध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्न चेतावनी दिए ।

“अँध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्नुस् । कुनै वंशको शासनलाई अगाडि सारेर देशको समस्या समाधान होला भन्ने कल्पना नगरौँ,” उनले भने ।

प्रधानमन्त्री र मन्त्रीले राम्रो काम गर्न नसकेको भनेर पीडा भएको भए विकल्प दिन नेता नेपालले आग्रह गरे ।

“देशको सञ्चालन गर्ने कुरामा प्रधानमन्त्री भएको ठाउँमा रहेका व्यक्तिहरू र मन्त्रिमण्डलले राम्ररी काम गरेन भन्ने कुरामा पीडा भएको हो ? यदि, प्रधानमन्त्री र राज्य सञ्चालनमा पीडा भएको हो भने आउनुुस् राजनीतिमा, विकल्प दिनुस् । राजनीतिमा विकल्प दिएर जनतामा आशा जगाउनुस्,” उनले भने ।

नभए व्यवस्थामाथि प्रश्न उठाउने अधिकार नरहेको उनको भनाइ छ । “व्यवस्थामाथि आँच आउने गरी प्रश्न उठाउने अधिकार तपाईंलाई छैन । हामीले भोगिसकेका छौँ, खुट्टी पनि देखिसकेका छौँ,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu