ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनी खोज्दै प्रहरी : तस्करीको चिनी बरामद, कृत्रिम भण्डारमा छापा मारिने


abc tv
१७ कार्तिक २०८०, शुक्रबार   ९ : ५८   बजे

काठमाडौं । बजारमा चिनीको अभाव देखिएसँगै चिनी तस्करी बढ्न थालेपछि अहिले सुरक्षाकर्मी परिचालन गर्दै सरकारले चिनी बरामद थालेको छ ।

बजारमा चिनीको अभाव हुन नदिन सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल लगायतका निकाय परिचालन गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले प्रहरी प्रशासन परिचालन गरेर आयातकर्ता र उद्योगहरुमा चिनीको भण्डारण खोजतलास गर्ने र भेटिएको चिनी बजारमा पठाउने निर्णय भएको थियो ।

सोही निर्णयअनुसार तस्करी भई काठमाडौं भित्र्याउँदै गरेका चिनी नेपाल प्रहरीले बरामद थालेको छ । सबैभन्दा काभ्रे भन्ज्याङमा चिनी बरामद भएका छन् । साना गाडीका छत, डिकीमा लुकाई ल्याएको चिनी प्रहरीले बरामद गरेको हो । त्यस्तै, उपत्यका छिर्ने थानकोट लगायतका नाकाबाट समेत लुकाई छिपाई काठमाडौं ल्याउँदै गरेको चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी कुबेर कडायतले सबै नाका र बजारहरुमा लुकाई छिपाई कालोबजारी गरेको पाइएमा प्रहरीले छापा मार्ने र नियन्त्रणमा लिने काम भइरहेको जानकारी दिए ।

लुकाई छिपाई तस्करी गरेको पाइएमा वा चिनी गोदामहरुमा लुकाई छिपाई राखेको अवस्थामा छापा मार्ने र नियन्त्रणमा लिने समेत काम भइरहेको उनको भनाइ छ ।

बजारमा चिनीको कृत्रिम अभाव सृजना गरिएको, उपभोक्ताबाट उच्च मूल्य असुल गरिएको र बजारमा चिनीको कृत्रिम भण्डारण गरिएको सूचनापछि यस्तो निर्देशन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेश पाण्डेयको अध्यक्षतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वाणिज्य मन्त्रालय र भन्सार विभागलगायतका निकायको अधिकारीहरु सम्मिलित केन्द्रीय संयन्त्र बनाइएको छ ।

नेपालमा चिनी उद्योगहरु र आयातकर्ताले चिनीको मौज्दात राखेको हुनसक्ने भन्दै सबै उद्योगमा प्रहरी परिचालन गरेर विवरण संकलन गर्न र सोको विवरण पेश गर्न पनि प्रहरी प्रशासनलाई जिम्मेवारी तोकेको छ ।

नेपाल प्रहरीले आयातकर्ता र उद्योगहरुमा रहेको चिनीको विवरण संकलन गर्ने, प्रमुख जिल्ला अधिकारीले यस्तो विवरण शुक्रबारसम्म प्रधानमन्त्री कार्यालयमा पेश गर्ने र चिनी मौज्दात रहेकाहरुसँग लिएर बजार पठाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu