ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति कात्तिक २२ गते फ्रान्स जाने, तीन मन्त्री र अख्तियार प्रमुखको विदेश भ्रमण स्वीकृत


एबीसी न्यूज
१७ कार्तिक २०८०, शुक्रबार   ४ : ३७   बजे

काठमाडौं, कात्तिक १७ । राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक २२ गतेदेखि फ्रन्स, गणतन्त्र जर्मनी र इटालीको भ्रमणमा जाने भएका छन्।

कात्तिक १६ गते बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको विदेश भ्रमण स्वीकृत गरेको हो।

यस्तै, मन्त्रिपरिषदले दुई जना मन्त्री, एक राज्यमन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको बेग्लाबेग्लै विदेश भ्रमण कार्यक्रम पनि स्वीकृत गरेको छ।

राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन त्यसतर्फ जान लागेका हुन्। त्यसपछि उनले संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्नेछन्। राष्ट्रपति मंसिर १ गतेका दिन स्वदेश फिर्ता हुने कार्यक्रम छ।

यस्तै, यूएईमा आयोजना हुने ‘दुबई एयर शो २०२३ को १८औँ संस्करण’ भाग लिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन मन्त्रिपरिषदले स्वीकृति दिने निर्णय गरेको छ।

यसैगरी चीनको सांघाईमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिइएको छ।

यही कात्तिक २० देखि २१ सम्म चीनको छोङछिङमा सञ्चालन हुने ‘द बेल्ट एण्ड रोड कन्फिरेन्स अन साइनस एण्ड टेक्नोलोजी एक्सचेन्ज’ कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ।

मन्त्रिपरिषद कार्यालका अनुसार मङसिर २५ देखि २९ सम्म अमेरिकाको एटलाण्टामा आयोजना हुने ‘संयुक्त राष्ट्रसंघ अन्तर्गत राज्यपक्षीय भ्रष्टाचारविरुद्धको दसौं सम्मेलन’ कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेम कुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

सम्बन्धित

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu