ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोट र रुकुमपश्चिम भूकम्प : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु UPDATE


ABC NEWS
१८ कार्तिक २०८०, शनिबार   ७ : ३५   बजे

काठमाडौं १८ कात्तिक । जाजरकोट केन्द्रबिन्दु भए गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ।

भूकम्पमा परी आज बिहानसम्म जाजरकोटमा ९२ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

त्यस्तै जाजरकोटमा ७० र रूकुम पश्चिममा ८५ जना घाइते भएका छन्।

अहिलेसम्म १०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल लगिएको पनि एसएसपी भट्टरईले जानकारी दिए।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र खोजी तीब्र पारिएको र तीन वटै सुरक्षा निकाय परिचालन भएको उनले बताए।

जाजरकोट केन्द्रबिन्दु भए गएराति ११:४६ बजे ६.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलो क्षति पुगेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न त्यसतर्फ गएका छन्
घाइतेको उद्धार तथा उपचारका लागि मेडिकल टिम सहति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।

जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको मृत्यु भएको छ। भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार स्वास्थ्य शाखामा अहिले ३० जनाको शव छ भने पाँच जनाको शव रिम्नामा राखिएको छ।

सबैभन्दा बढी क्षती वडा नम्बर १ र ३ भएको छ। भेरी करिडोर लगायतका सडकहरु अवरुद्ध भएका कारणले घाइतेको उद्दार गर्न समस्या भएको उनले बताए।

प्रारम्भिक जानकारी अनुसार भेरी नगरपालिकामा मात्रै झण्डै एक सयभन्दा बढीले ज्यान गुमाएको हुन सक्ने नगर प्रमुख घर्तीले बताए। नगर क्षेत्रमा रहेका अधिकांश भौतिक संरचनामा क्षति पुगेको छ।

यस्तै, जाजरकोटकै नगलगाड नगरपालिकामा उपप्रमुख सरिता सिंहसहित ५० जना भन्दा बढीले भूकम्पमा परेर ज्यान गुमाएका छन्।

नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतका अनुसार हालसम्म ५० जना बढीले ज्यान गुमाएको जानकारी आएको छ। वडा नम्बर १ मा सबैभन्दा बढी मानविय क्षति भएको छ। सो वडामा ३० देखि ३५ जना घाइते भएका छन्।

ठाउँ ठाउँमा सडक अवरुद्ध भएको र टेलिफनले काम नगरेकाले उद्धारमा कठिनाई भएको तथा घटनाको यकिन विवरण संकलनमा समस्या भएको उनले बताए।

यस्तै, रुकुमपश्चिमा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ बढी घाइते भएका छन्। पछिल्लो अपडेटअनुसार ३६ जनाको मृत्यु भएको रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईले जानकारी दिए ।

रुकुमपश्चिममा ८५ जना भन्दा बढी घाइते भएका छन्। रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu