काठमाडौ १८ कात्तिक । जाजरकोट भूकम्प पीडितको अवस्था बुझ्न शनिबार बिहानै त्यसतर्फ गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूले चढेर गएको हेलिकोप्टर उतै छाडेर फर्कने भएका छन्।
गएराति जाजरकोटको गएराति ११ः४७ बजे जाजरकोटको बारिकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएपछि प्रधानमन्त्री प्रचण्ड बिहानै त्यसतर्फ गएका थिए।
उनी आफूले चढेर गएको हेलिकोप्टर उत्रै छाडेर नियमति विमानमार्फत काठमाडौं फर्कन लागेको उनका प्रेस संयोजक सुर्य किरण शर्माले जानकारी दिए।
आफू चढेर गएको विमान उद्धारका लागि छाडेर नियमित जहाजमा साढे २ बजे उहाँ ९प्रधानमन्त्री नेपालगन्ज०बाट काठमाडौं फर्कँदै हुनुहुन्छ,’ उनले भने, ‘सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक तयारी गर्नका लागि उहाँ काठमाडौं फर्कन लाग्नुभएको हो।’ उनी बुद्ध एयरमार्फत काठमाडौं फर्कन लागेका हुन्।
उनका अनुसार भोलि ९आइतबार० बिहान ८ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ। सो बैठकबाट भूकम्प पीडितका लागि राहत घोषणा हुने शर्माले बताए।







प्रतिक्रिया दिनुहोस्