ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्प प्रभावित २० स्थानमा सैनिक तैनाथ


एबीसी न्यूज
१९ कार्तिक २०८०, आइतबार   ३ : २०   बजे

काठमाडौं, १९ कात्तिक । नेपाली सेनाले खोज तथा उद्धारका निम्ति जाजरकोट भूकम्प प्रभावित २० स्थानमा सैनिक तैनाथ गरेको छ ।

“कात्तिक १७ गतेको जाजरकोट भूकम्पलगत्तै परिचालित फौजले जाजरकोटका १३ स्थान र पश्चिम रुकुमका सात स्थानहरूमा तैनाथ रही उद्धारकार्य जारी राखेका छन्,” नेपाली सेनाद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

हवाई साधन हेलिकोप्टरद्वारा जाजरकोट तथा रुकुम पश्चिमबाट हालसम्म ३१ घाइते र २४ कुरुवालाई नेपालगन्ज र सुर्खेत पुर्‍याइएको विज्ञप्तिमा जनाइएको छ ।

आइतबार बिहान जाजरकोटबाट थप एक घाइतेको हवाई उद्धार गरिएको सेनाले जनाएको छ ।

“स्वास्थ्यकर्मी एवं विशेषज्ञहरू समेतको विभिन्न युनिटहरूको टोली १० स्थानमा स्ट्यान्डबाई रहेका छन्,” विज्ञप्तिमा भनिएको छ, “जाजरकोट अस्पताल, चौरजहारी तथा आठबिसकोट इलाकामा खटिएको मेडिकल टोलीहरूबाट १२५ जना घाइतेहरूको उपचार भएको छ ।”

परिचालित फौजले अरू सुरक्षा निकाय, जनप्रतिनिधि, सरकारी र गैरसरकारी संघ–संस्थाका पदाधिकारीसहित आमसर्वसाधारणसँग सहकार्य गर्दै प्रभावित इलाकामा भग्नावशेष हटाउने, पुरिएका सामान निकाल्ने र भूकम्प प्रभावितको अस्थायी वासस्थान व्यवस्थापनलगायत कार्य गरिरहेको छ ।

परिचालित हवाई साधनहरूले जटिल प्रकृतिका घाइतेको थप उपचारका निम्ति उद्धार र राहत सामग्री ढुवानी गरिरहेका छन् ।

हालसम्म सेनाको हवाई साधनद्वारा करिब १० हजार किलो औषधिजन्य र अरू अतिआवश्यक राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा ढुवानी गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

सम्बन्धित

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu