ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राउटे समुदायका महामुखिया महिन बहादुर शाहीको ६९ वर्षको उमेर निधन


ABC NEWS
२० कार्तिक २०८०, सोमबार   ११ : २३   बजे

काठमाडौं २० कात्तिक । राउटे समुदायका महामुखिया महिन बहादुर शाहीको ६९ वर्षको उमेर निधन भएको छ । विगत केही समयदेखि दैलेखको भैरवी गाउँपालिका–३ रतुवा खोलामा बस्दै आएको राउटे समुदायमा उनको निधन भएको हो ।
दैलेखको भैरवी गाउँपालिकाको कोइराला गाउँबाट रतुवा खोलामा बसाई सरेको पाँचौँ दिनमा आइतबार महामुखिया निधन भएपछि मुखिया सूर्यनारायण शाहीको टोली बस्ती सार्ने नयाँ ठाउँको प्रवन्ध गरी राउटे समुदायका सबैजसो परिवार बस्ती सार्ने तयारीमा रहेका छन् ।
राउटे समुदायमा कसैको मृत्यु भएमा उक्त ठाउँ अशुभ भएको मानि त्यहाँबाट तत्कालै बस्ती सार्ने गर्दछन । यतिबेला राउटे समुदाय आफ्ना महामुखिया मृतक महिनबहादुरको शव गाड्ने काममा जुटेका छन् ।
स्वास्थ्य अवस्था कमजोर भएपछि २०६३ देखि मुखियाको जिम्मेवारी ऐनबहादुर शाहीलाई सुम्पेदेखि महिनबहादुर शाहीलाई सम्मानका लागि ‘महामुखिया’ भन्ने गरिएको थियो । २०७१ मा ऐनबहादुर शाही डुंगेश्वरमा भीरबाट खसेर ज्यान गएपछि अहिले सूर्यनारायण शाहीले मुखियाको जिम्मेवारी लिइरहेका छन् ।
महामुखिया महिन बहादुर शाहीका कान्छो छोरा नारायण शाही अघिल्लो वर्ष सुतेको बेला ओछ्यानमा लागेको आगोले पोलिएर एक महिना लामो उपचार अवधिमा ज्यान गएको थियो । १८ जना सन्तान जन्मेका मध्ये सबैको मृत्यू भएको पीरले महामुखिया महिनबहादुर चिन्तित थिए । उनी तीन महिनादेखि बिरामी परेका थिए ।
दैलेखको गुराँस गाउँपालिका ८ नं. वडाका बासिन्दाका रुपमा ५ वर्ष अघि सबै राउटे समुदायका मानिसहरूलाई परिचयपत्र बितरण गरिएपछि दैलेखको गुराँस गाउँपालिकाको स्थानीयवासीको रुपमा रहेको भए पनि २–३ महिनामा बसाई सर्ने राउटे समुदाय दैलेख, सुर्खेत, जाजरकोट, सल्यानसम्म २–३ घण्टाको पैदल दूरीमा बस्ती गर्ने गर्दछन् ।
बस्ती सार्ने, चाडपर्व मान्ने, सिकार गर्ने, बस्ती छोडेर कहिँकतै जान पर्दा मुखियाको अनुमति चाहिन्छ । खेतीपाती गर्ने, बस्ती बस्ने, पैंसा चलाउन, पढ्ने लेख्ने काम गर्नुहुँदैन भन्ने पुरातन मान्यता भएका राउटे समुदायले चोट पटक लाग्दा औषधि गर्ने गरेका, किनेर खान सजिलोको लागि भनेर सामाजिक सुरक्षा भत्ता लिन स्वीकार गरे पनि बस्ती बस्न र खेतीपाती गर्न इन्कार गरेका छन् ।
राउटे परियोजनाकै सहयोगमा गुराँस गाउँपालिकाले दुई महिना लगाएर २०७५ असार ३० गते राउटे समुदायका त्यसबेला गुराँस गाउँपालिका–८ पातलेखोला बस्तीमै पुगेर एक सय ४९ जना सबैका फोटो सहितको परिचयपत्र दिएको थियो । १४२ जनाको जनसंख्यामा रहेको राउटे समुदाय यतिवेला महामुखियाको निधनपछि अहिले राउटे समुदायको जनसंख्या १४१ जनामा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group