ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति पौडेल मंगलबार जाजरकोट र रुकुम पश्चिम जाने


एबीसी न्यूज
२० कार्तिक २०८०, सोमबार   ४ : २७   बजे

काठमाडौं, २० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्पपीडितको अवस्था बुझ्न रुकुम पश्चिम र जाजरकोट जाने भएका छन् ।

राष्ट्रपतिको सचिवालयका अनुसार उनी मंगलबार त्यसतर्फ जान लागेका हुन् । आउँदो बुधबारदेखि जर्मनीसहित युरोपको भ्रमणमा जान लागेका राष्ट्रपति पौडेलले जनता दुःखमा रहेका बेला भ्रमणमा नजाने भन्दै युरोप भ्रमण स्थगित गरेका थिए ।

परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर भ्रमण रद्द गरेको जानकारी गराएका पौडेलले जनताको दुःख बुझ्न त्यसतर्फ जाने तालिका बनाएको पौडेलका प्रेस संयोजक खिला कार्कीले सार्वजनिक गरेका छन् ।

राष्ट्रपतिले गरे युरोप भ्रमण स्थगित
राष्ट्रपति रामचन्द्र पौडेलले विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति हुन गएकाले नेपाल र नेपाली जनताको निम्ति अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति रामचन्द्र पौडेलले ती मुलुकको भ्रमण स्थगित गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रेस नोटमार्फत जानकारी दिए ।

नेपाल सरकारको पेरिस – सम्झौता २०१५, जसले एक दशमलव पाँच डिग्री सेल्सियस भित्र विश्वको तापमानलाई नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको र नेपालले सन् २०४५ भित्र शून्य डिग्री कार्वन उत्सर्जनको महत्वाकांक्षी लक्ष्य राखेको सन्दर्भमा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनको निमन्त्रणामा यही नोभेम्बर ९ देखि ११ तारिखसम्म पेरिसमा हुने पिस फोरम कार्यक्रम अन्तर्गतको कार्यक्रममा राष्ट्रपति पौडेलले भाग लिन जाने कार्यक्रम तय भएको थियो ।

बिग्रँदो पर्यावरणलाई कसरी अनुकुल बनाउने भन्ने उद्येश्य रहेको उक्त सम्मेलनमा कार्वन उत्सर्जनको कुनै कारक नभएर पनि नेपालले जलवायु परिवर्तनको असर भोग्नु परेको सम्बन्धमा विश्व जगतको ध्यानाकर्षण गराउने कार्यक्रम थियो ।

त्यस्तै, युरोपेली युनियनका महत्वपूर्ण राष्ट्रहरू फ्रान्स, जर्मनी र इटलीबाट राष्ट्रपति पौडेललाई आएको निमन्त्रणासँगै ती मुलुकका राष्ट्रपतिसँग तीन दशकपछि उच्चस्तरको पहिलोपटक महत्वपूर्ण भेटवार्ताको कार्यक्रम थियो ।

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम रहेको पनि पोखरेलले जानकारी दिए ।

rastrayapati-1699265892.jpg

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

सम्बन्धित

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu