ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली सरकारले सुदूरपश्चिमबाट भूकम्प प्रभावित क्षेत्रतर्फ गएको चिकित्सक टोलीलाई फर्काइदियो


एबीसी न्यूज
२१ कार्तिक २०८०, मंगलबार   १ : ४९   बजे

काठमाडौं, २१ कात्तिक । भूकम्प प्रभावित क्षेत्रका लागि गएको सुदूरपश्चिमको चिकित्सकको टोलीलाई कर्णाली प्रदेश सरकारले फर्काएको छ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले पठाएको स्वास्थ्यकर्मीको टोलीलाई कर्णाली प्रदेश सरकारले सुर्खेतबाट फर्काएको हो।

औषधि बोकेर गएको चिकित्सकको टोलीलाई कर्णालीको सामाजिक विकास मन्त्रालयले तत्काल जनशक्ति पर्याप्त रहेको भन्दै फर्काएको छ।

‘अहिले जनशक्ति पर्याप्त छन्, आवश्यक परे पछि जानकारी गराउँछौँ भनेपछि हामीले पठाएको चिकित्सकको टीम फर्किएको हो,’ सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने, ‘औषधि हस्तान्तरण गरेका छौँ।’

कैलालीको सेती प्रादेशिक अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डाक्टर शिवराज पनेरुको नेतृत्वमा ४ सदस्यीय चिकित्सक टोली सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि पठाएको थियो।

टोलीमा चिकित्सक डा. गणेश फुलारा, स्वास्थ्य निर्देशनालयका विपद् फोकल पर्सन हेमराज जोशी र स्वास्थ्य कार्यालय कैलालीका मीनबहादुर धामी थिए।

शनिबार गएको टोली कर्णालीका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेललगायतले तत्काल जनशक्ति आवश्यक नरहेको भनेपछि सो टोली औषधि हस्तान्तरण गरेर आइतबार राति नै फर्किएको हो।

चिकित्सकको टोलीले सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावितका लागि पठाएको करिब चार लाख मूल्य बराबरको औषधि कर्णालीको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेको छ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पपछि सुदूरपश्चिम प्रदेश सरकारले राहतका लागि तत्काल एक करोड रुपैयाँ र औषधि उपचारको लागि चिकित्सकको टोली पठाउने निर्णय गरेको थियो।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी जनशक्ति र औषधिको अभाव नरहेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group