ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘राहत र पुनर्स्थापना प्रदेश र स्थानीय तहको नेतृत्वमा गरौँ’ सरकारलाई कांग्रेसका २१ सुझाव


एबीसी न्यूज
२१ कार्तिक २०८०, मंगलबार   २ : २७   बजे

काठमाडौं, २१ कात्तिक । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले जाजरकोट भूकम्पपछि राहत, उद्धार र पुनर्स्थापना कार्य प्रदेश र स्थानीय तहको नेतृत्व र संघीय सरकारको अनुगमन तथा सहजीकरणमा गर्दा उपयुक्त हुने सुझाव दिएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरुले मंगलबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर भूकम्प प्रभावितलाई राहत, उद्धार र पुनर्स्थापनाको कार्य प्रदेश र स्थानीय तहको नेतृत्वमा गर्दा उपयुक्त हुनेसहित २१ बुँदे सुझाव दिएका हुन् ।

कांग्रेसले भूकम्पपछि केन्द्र र स्थानीय सरकारले सक्रियतापूर्वक निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ भने भूकम्प पश्चातको राहत, पुनर्स्थापना, पुनर्निर्माण कार्यलाई थप व्यवस्थित गर्न आवश्यक रहेकोमा सुझाव राखेको छ ।

मंगलबार बिहान कांग्रेस सभापति देउवासँगै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रचार विभाग प्रमुख मीन विश्वकर्मा र केन्द्रीय सदस्य गोविन्द पोखरेल बालुवाटारस्थित प्रधानमन्त्रीको निवास पुगेका थिए । भेटमा कांग्रेस सभापति देउवाले कांग्रेसका तर्फबाट भूकम्पपीडितकालागि तत्काल उद्धार र राहतका लागि एकमुष्ट ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

साथै, कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, औषधि, लत्ता(कपडाहरु युद्धस्तरमा उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डलाई भनेको छ । यी अत्यावश्यक सामग्रीहरु अभाव हुन नदिन स्थानीय तहको नेतृत्वमा, सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय रुपमा कृयाशिल राजनैतिक दलहरु र संघ(संस्था सम्मिलित ‘सहजीकरण साझा संयन्त्र’ निर्माण गर्न सुझाव समेत दिएको छ ।

त्यस्तै, आउँदो हिउँदलाई विचार गरी अस्थायी आवास जतिसक्दो चाँडो व्यवस्था गर्नुपर्ने कांग्रेसको सुझाव छ । कांग्रेसले तत्कालीन र अल्पकालीन काम १२ बुँदामा र पुनर्निर्माणका काममा ९ बुँदामा सरकारलाई सुझाव दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

सम्बन्धित

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu