ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्तिपुरको चेतावनी:’ गैरव्यावसायिक दबाबसँग सम्झौता नगर्ने’


ABC NEWS
२१ कार्तिक २०८०, मंगलबार   ८ : १५   बजे

काठमाडौँ २२ कार्तिक । कान्तिपुर पब्लिकेशनले नेपाल पत्रकार महासंघले भ्रम फैल्याउने, संस्था र नेतृत्वप्रति दुराग्रहपूर्वक लाञ्छना लगाउने तथा हुल हुज्जतसमेत गरेको आरोप लगाएको छ ।

कान्तिपुर पब्लिकेशनका मानव संशाधन विभागका प्रमुख पुष्पराज गिरीले जारी गरेको विज्ञप्तिमा महासंघले विज्ञप्तिका नाममा कान्तिपुरले उजागार गरेका बेथितिका बदलामा राजनीतिक प्रतिशोध लिने श्रृंखला चालेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले निकालेको विज्ञप्तिमा ८२ जना पत्रकार निकालेको भनेकोमा आपत्ति जनाउँदै कान्तिपुरले त्यसको आधामात्र संख्या पनि पुष्टि गर्न चुनौती समेत दिएको छ । बरु आन्दोलनमा गएका पत्रकारलाई समेत सधैं झैं खाइपाइ आएको दसैं पेश्कीसमेत प्रदान गरेको कान्तिपुरले जनाएको छ । कान्तिपुर पब्लिकेशन्स्‌ले आन्तरिक समझदारी वा कानुनी मार्गबाहेक कुनै पनि तेस्रो पक्षको गैरव्यावसायिक दबाबसँग सम्झौता नगर्ने स्पष्ट पारेको छ ।

नेपाल पत्रकार महासंघको ब्यानरमा सुनियोजित भ्रम फैलाउने, संस्था र नेतृत्वप्रति दुराग्रहपूर्वक लाञ्छना लगाउने र कान्तिपुरले उजागर गरेका बेथितिका बदलामा राजनीतिक प्रतिशोध लिने शृंखला चलेको भन्दै कान्तिपुर पब्लिकेशन्स्‌ले विज्ञप्ति जारी गरेको हो ।

माग र आपूर्तिको सिद्धान्तअनुसार जनशक्ति घटबढ गर्नु तथा आवश्यकताका आधारमा सरुवा गर्न पाउनु व्यावसायिक अधिकार भएको र त्यसक्रममा कानुनको परिपालना गर्नु आफ्नो दायित्व हो भन्नेमा पब्लिकेशन्स्‌को स्पष्ट धारणा छ ।

‘जीवन्त संस्थामा यो क्रम निरन्तर जारी रहन्छ । त्यसको मापदण्ड तय गर्दा पहिलो प्राथमिकता आपसी समझदारी हो भने त्यसको विकल्प कानुनीमार्ग हो । यी वैधानिक मार्गबाहेक कुनै पनि तेस्रो पक्षको गैरव्यावसायिक दबाबसँग सम्झौता गर्न पब्लिकेशन्स् किञ्चित् तयार छैन, तयार हुने छैन’ पब्लिकेशन्स्‌को मानव संशाधन विभाग प्रमुख पुष्पराज गिरीद्वारा जारी विज्ञप्तिमा छ ।

आर्थिक मन्दीबाट ग्रसित देश र सञ्चार उद्योगको विषम परिवेशअनुसार समग्र वित्तीय पुनरावलोकन गर्नुपरेकाले जनशक्तिको आकार पनि सीमित गर्न खोजेको पब्लिकेशन्स्‌ले उल्लेख गरेको छ ।

‘यस क्रममा नेपाल पत्रकार महासंघ, कान्तिपुर शाखाले राखेका सरोकारका विषयमा चरणबद्ध संवाद गरी भएको सहमतिका आधारमा संस्थाले आर्थिक प्याकेजसहितको स्वेच्छिक अवकाश आह्वान गरेको हो । संस्थाले दिएको समयसीमाभित्र उल्लेख्य संख्यामा सञ्चारकर्मीहरूको राजीनामा आएको छ,’ पब्लिकेशन्स्‌ले भनेको छ ।

तीन दशकभन्दा लामो व्यावसायिक पत्रकारिताको दौरानमा कान्तिपुरले यस्ता अनेक मोडको सामना गर्दै आएको पब्लिकेशन्स्‌ले स्मरण गराएको छ ।

‘यसपटक वित्तीय बेथिति र सुन तस्करीमा लिप्त समूहका विषयमा कान्तिपुरले प्रकाशन गरेका समाचारबाट आक्रोशित समूहले पत्रकार महासंघको ब्यानर दुरुपयोग गरेकामा सबैको ध्यानाकर्षण भएको होला भन्नेमा पब्लिकेशन्स् विश्वस्त छ,’ विज्ञप्तिमा छ ।

व्यवस्थापन र पत्रकार महासंघ प्रतिष्ठान शाखाबीच संवाद भइरहेका बेला वार्ता भाँड्ने उद्देश्यले महासंघको केन्द्रबाट चरणबद्ध विज्ञप्ति जारी हुनु र सहमति भएको अर्को दिन नै आन्दोलन घोषणा हुनुले पनि सबै विषय स्पष्ट पारेको उल्लेख छ ।

‘पत्रकारहरूको हितमा संवाद र सहमति गर्ने शाखालाई निलम्बन गर्ने हर्कतबाट पनि महासंघ अहिले कस्तो समूहको नियन्त्रणमा छ भन्ने छर्लंग भएको छ,’ विज्ञप्तिमा छ ।

पत्रकार महासंघको नेतृत्वले पटक-पटक विज्ञप्ति जारी गर्दै कान्तिपुरले ८२ जना सञ्चारकर्मीलाई कारबाही गरेको दाबी गरेर आफ्नै विश्वसनीयता गुमाएको उल्लेख गर्दै दाबी गरेकोमध्ये आधा संख्यामात्र पनि पुष्टि गर्न पब्लिकेशन्स्‌ले महासंघ नेतृत्वलाई चुनौती दिएको छ ।

‘बरु, आन्दोलनमा गएका पत्रकारलाई समेत सधैं झैं खाइपाइ आएको दसैं पेस्कीसमेत प्रदान गरिएको छ’ पब्लिकेशन्स्‌‌को विज्ञप्तिमा छ, ‘आफ्नो केही सरोकार भए संवाद वा कानुनी बाटो छाडेर निहित उद्देश्यले संस्थाको बदनाम गर्ने, गेटमा जम्मा भएर कर्मशील पत्रकार तथा कर्मचारीलाई काममा अवरोध गर्ने प्रवृत्ति अविलम्ब नरोकिए सम्बन्धित सबैलाई प्रचलित कानुनअनुसार कारबाही गर्न तथा त्यस्तो कार्यमा उक्साउने समूहविरुद्ध आवश्यक कानुनी उपचार खोज्न संस्था बाध्य हुनेछ ।’

कान्तिपुर पब्लिकेशन्स्‌ले भ्रष्टाचार, तस्करीलगायत बेथितिसँग कुनै पनि सम्झौता नगर्ने पुनः स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group