ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ड्युटीमा रहेका प्रहरीले ठमेलबाट तीन युवती बोलाएर लुटे, असईसहित पाँच जना पक्राउ


एबीसी न्यूज
२२ कार्तिक २०८०, बुधबार   ३ : १९   बजे

काठमाडौं, २२ कात्तिक । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक असई सुनबहादुर तामाङसहितको संलग्नतामा डाँका चोरी भएको मुद्दामा बुधबार थुनछेक बहस भइरहेको छ। जिल्ला अदालत काठमाडौंमा मंगलबार सबै प्रतिवादीको बकपत्र सकिएको छ।

अब उनीहरुलाई थुनामा पठाउने कि धरौटीमा वा साधारण तारेखमा राखेर मुद्दाको अन्तिम किनारा लगाउने भन्ने आदेश हुनेछ।

ठमेलबाट युवती लगेर डाँका चोरी गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका २५ तरहराका २८ वर्षीय मदन पुरी, इटहरी उपमहानगरपालिका १९ इटहरीका २५ वर्षीय सन्तोष पुरी र तीन जना प्रहरी छन्। सहायक हवल्दार कास्कीको अन्नपूर्ण गाउँपालिका १ अधिकारी डाँडाका ३३ वर्षीय खगराज अधिकारी, प्रहरी जवान कास्कीको पोखरा महानगरपालिका २७ का २२ वर्षीय भुवन बराल र प्रहरी सहायक निरीक्षक धादिङको गंगाजमुना गाउँपालिका ३ का ४३ वर्षीय सुनबहादुर तामाङ लुटपाटमा संलग्न रहेको प्रहरीको आरोप छ।

 

उनीहरुले आफूलाई कुटपिट गर्दै ४७ हजार ५ सय रुपैयाँ लुटपाट गरेको भन्दै कुमार रोकाले जाहेरी दिएका थिए। जाहेरीपछि तीन जना प्रहरीलाई असोज २३ गते र दुई जनालाई २४ गते पक्राउ गरेको थियो।

गत असोज २१ गते राति सीआरभी ड्युटीमा खटिएका असई सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल नै डाँका चोरीमा संलग्न रहेको आरोप छ। उनीहरुमाथि अनुसन्धान सकेर जिल्ला अदालतमा मुद्दा दायर भएको हो।

यसरी भएको थियो लुटपाट
असोज २१ गते बिहान १० बजेदेखि असोज २२ गते बिहान १० बजेसम्म शिक्षण अस्पताल, शीतलनिवास, पानीपोखरी र सांग्रिला होटलसम्मको एरिया रेखदेखका लागि असई सुनबहादुर तामाङको कमान्डमा टोली खटिएको थियो। उनीहरु सबै महाराजगञ्ज वृत्तमा कार्यरत हुन्।

राति साढे १० बजे काठमाडौं महानगरपालिका ३ महाराजगञ्जस्थित शिक्षण अस्पतालअगाडि बा १ झ ६२३८ नम्बरको सीआरभी गाडी रोकेर प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ र प्रहरी जवान भुवन बराल खुला रहेको पसल बन्द गर्न भन्दै गए। गाडी चालक सहायक हवल्दार खगराज अधिकारी गाडीमै बसे।

उनले चाबहिल बस्ने मदन पुरी र कपन बस्ने सन्तोष पुरीलाई बोलाए। मदन र सन्तोष काका–बडाबाउका छोरा ९दाजु भाइ० हुन्। मदनले सन्तोषलाई जरुरी काम पर्‍यो भन्दै बोलाएका थिए। वसन्तपुरमा रहेका सन्तोष पठाओ मोटरसाइकलमा चढेर महाराजगन्ज पुगे।

त्यसपछि खगराजको मोबाइलबाट फोन गरेर नवराज नगरकोटीलाई तीन जना युवती लिएर आउन भने। नगरकोटी पहिलेदेखि नै उनीहरुसँग सम्पर्कमा रहेका व्यक्ति थिए।

महाराजगञ्जस्थित ओमान रेस्टुरेन्टमा ३ जना युवती ल्याउन उनीहरुले भनेका थिए। नवराजले कुमार रोकाको बा ५ च ५०३९ नम्बरको गाडीमा ३ जना युवती पठाइदिए।

जाहेरवाला कुमार रोकाले भने आफूले युवतीहरुलाई लिफ्ट दिएर लगिदिएको बताएका छन्। तर अभियुक्तहरुले भने उनलाई पहिल्यै फोन गरेर ३ जना युवती ल्याउन भनेको बयान दिएका छन्। नवराजले भनेपछि उनले कुमारको गाडीमा तीन जना युवती पठाइदिएका थिए।

पानीपोखरीस्थित सडकमा उनीहरुको भेट भयो। जाहेरवाला रोकाले भने आफूलाई रोकेर गाडीमा केटीहरु लिएर कहाँ बिक्री गर्न लगेको भनी धम्क्याएको, कुटपिट गरेको समेत उल्लेख गरेका छन्।

कुमारले चलाएको गाडीसहित प्रहरी जवान भुवन बरालले उनीहरुलाई शिक्षण अस्पतालतिर लगे। त्यो गाडीमा रहेका तीन जना युवतीलाई प्रहरीको गाडीमा चढाए। त्यसपछि निर्मल निवासको गल्लीमा लगेको र डेढ लाख रुपैयाँ मागेको पीडितको भनाइ छ।

त्यहाँ पुगेपछि उनीहरुले रकम माग गरेर धम्क्याएपछि कुमार रोकाले सन्तोष पुरीको ई–सेवा खातामा ३० हजार रुपैयाँ जम्मा गरिदिएका थिए। त्यसपछि उनीहरुले नवराज नगरकोटी, कुमार रोका र तीन जना युवतीलाई छाडिदिएका थिए।

तर प्रहरी समक्ष बयान गर्दा असई तामाङले भने युवतीहरु गाडीमा चढेको र लुटपाट भएको आफूलाई जानकारी नै नभएको बताएका छन्। अन्य प्रहरीकै बयानमा भने उनको पनि संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group