ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतद्वारा नेपालका भूकम्पपीडितलाई तेस्रो खेप राहत सामग्री सहयोग


ABC NEWS
२४ कार्तिक २०८०, शुक्रबार   ५ : ४५   बजे

काठमाडौँ २४ कात्तिक । भारत सरकारले तेस्रो तचरणको १२ टनभन्दा बढी राहत सामग्री उपलव्ध गराएको छ । भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमान बिहीबार भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत साम्रगी लिएर नेपाल आइपुगेको छ । यी राहत सामग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामग्री लगायत रहेका छन् र

जाजरकोटमा भुकम्प जाने वित्तिकै सवैभन्दा पहिले रेस्पोन्डरको रुपमा भारतले नेपालका भूकम्प प्रभावित परिवारका लागि भारतीय वायुसेनाको विशेष विमानका तीनवटा फ्लाइटमार्फत ३३ टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ । भूकम्प प्रभावित परिवारका अत्यावश्यक आवश्यकताहरु पूरा गर्न राहत सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधि र चिकित्सा उपकरणलगायत समावेश थिए ।

नेपाल भारतको घनिष्ट मित्र एवम् छिमेकी भएकोले नेपाललाई सहयोग गर्न भारत प्रतिबद्ध रहेको भारतले भूकम्पलगत्तै नेपाललाई सहयोग गर्न देखाएको तत्परताले पुष्टि गरेको भारतीय दूतावासले जनाएको छ । दूतावासका अनुसार नेपालको प्रमुख विकास साझेदार भएको नाताले नेपाली जनतालाई सहयोग गर्न भारत सदैव तयार छ ।

नेपाल सरकारले उपलब्ध गराएको निर्देशिका र प्राथमिकताको आधारमा भारत सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने दूतावासले जनाएको छ । राहत सामाग्री भारतीय दूतावासका प्रथम सचिव नविन कुमारले नेपाली अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu