ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपा-सरकारले टिकटक प्रतिबन्ध गरेर अधिनायकवादको नयाँ अध्याय प्रारम्भ गर्‍यो, तुरुन्तै फिर्ता लिइयोस्


एबीसी न्यूज
२७ कार्तिक २०८०, सोमबार   ५ : ०४   बजे

काठमाडौं, २७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले टिकटक प्रतिबन्ध गर्न लागेको प्रति आपत्ति जनाएको छ । राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयले अधिनायकवादको नयाँ अध्याय प्रारम्भ गरेको भन्दै सो निर्णय अस्वीकार्य, आपत्तिजनक र दूर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘चर्चित भिडियो प्लर्टफर्म “टिकटक”लाई प्रतिबन्ध गरेर सरकारले अधिनायकवादको नयाँका अध्याय प्रारम्भ गरेको छ, जुन अस्विकार्य, आपत्तिजनक र दूर्भाग्यपूर्ण छ ।’

लोकतन्त्रमा विधि, पद्धति बसाल्ने, विकृति, विसंगति रोक्ने, नियमन गर्ने कुरा प्रधान हुने तर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुरा स्विकार्य नहुने उनको भनाइ छ । ‘हिजो कसैले गरेको थियो भने त्यो गलत, आज कसैले गर्दैछ भने त्यो गलत र भोलि कसैले गर्नेछ भने त्यो पनि गलत’, श्रेष्ठले अगाडि लेखेका छन् ।

जनतालाई सेवाप्रवाह नगर्ने, सुशासन नदिने, तिनका समस्या सम्बोधन नगर्ने तर सामाजिक सन्जालमा हुने आलोचनासँग त्रसित हुनेहरुले टिकटकमा प्रतिबन्ध लगाउनु हाँस्यास्पद र विडम्बनापूर्ण भएको उनको टिप्पणी छ ।

त्यस्तै, राप्रपाले सरकारले यो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ । त्यस्तै, टिभी, रेडियो, पत्रपत्रिका, फेसबुक युट्युब, ट्वीटरलगायतमा आलोचना सुनिने भन्दै प्रवक्ता श्रेष्ठले ति सबै बन्द गर्ने सरकारको नीति हो भनि प्रश्न गरेका छन् ।

‘सरकारको, दलका नेताको आलोचना त जताततै सुनिन्छ, के आलोचना गर्ने टिभी, रेडियो, पत्रपत्रिका, फेसबुक, युट्युब, ट्विटर लगायत पनि बन्द गर्ने सरकारको नीति हो रु निर्णय फिर्ता लिऊ र जवाफ देऊ’, उनले लेखेका छन्, ‘आफूलाई लोकतन्त्र, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रताको पहरेदार ठान्ने संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि वर्तमान सरकारमै छ नि होइन र भन्या १ यो दिपावलीको समयको झिलिमिली उज्यालोमा सबैभन्दा पहिले कांग्रेसको खोजी गरौं ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भूमिहीन र सुकुम्वासीको अधिकार माग्दै माइतीघरदेखि बानेश्वरसम्म खबरदारी र्‍याली

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको शिष्टाचार भेट

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu