ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसरी बन्द हुन्छ टिकटक, दूरसञ्चार प्राधिकरणले बढायो प्रक्रिया


एबीसी न्यूज
२७ कार्तिक २०८०, सोमबार   ५ : १७   बजे

काठमाडौं, २७ कात्तिक । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयलगत्तै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मन्त्रालयबाट भर्खरै पत्र पाएको र प्रक्रिया अघि बढेको बताएका छन् ।

“क्याबिनेटको निर्णयअनुसार प्रयोगमा रोक लगाउन भनेर सञ्चार मन्त्रालयबाट पत्र आएको छ, उनले भने, “हामीले इन्टरनेट सेवा प्रदायकलाई यसका लागि पत्राचार गरिरहेका छौं ।”

नेपालमा एप र वेबसाइट वेब गरी दुई माध्यमबाट टिकटक चल्ने गरेको छ । प्राधिकरणका अध्यक्ष खनालले यी दुवै माध्यम बन्द हुने बताए ।

“नेपालमा दुईवटा वेब भर्सन र एप भर्सन दुवैमा हामी रोक लगाउँछौँ । इन्टरनेट सेवा प्रदायक आईएसपी र टेलिकम अपरेटरहरुलाई यसमा पहुँच रोक्न लगाउँछौँ,” उनले भने । प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पत्राचार गर्न लागेको र तत्कालैदेखि टिकटक बन्द हुने उनले बताए ।

सेवा प्रदायकहरुले वेबसाइट र एपमा पहुँच रोक गरेसँगै टिकटकको एप र वेब दुवै खुल्ने छैनन् । नेपालमा लाखौँको संख्यामा टिकटकका प्रयोगकर्ताहरु रहेका छन् । अमेरिका, क्यानडा, बेलायतलगायत देशमा सरकारी उपकरणहरुमा टिकटकको प्रयोग प्रतिबन्ध छ ।

भारतमा भने टिकटक पूर्णरुपमा प्रतिबन्धित छ । टिकटक बन्द गर्ने सरकारको निर्णयलाई लिएर सामाजिक सञ्जालमा धेरैले सहमति व्यक्त गरेका छन् भने आलोचना गर्ने पनि उत्तिकै रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group