ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्तरीमा प्रहरीले किन चलायो गोली ?


एबीसी न्यूज
२९ कार्तिक २०८०, बुधबार   १० : ५९   बजे

काठमाडौं, २९ कात्तिक । महोत्तरीमा प्रहरीले भाग्न खोज्ने दुई डाँका आरोपीलाई गोली चलाएर नियन्त्रणमा लिएको छ । पक्राउ परेपछि भाग्ने प्रयास गरेका उनीहरूलाई गोली चलाएर नियन्त्रणमा लिइएको डीएसपी दिलीप गिरीले जानकारी दिए ।

“डाका मुद्दामा फरार रहेका सर्लाहीको लालबन्दी नगरपालिका २ पुनरबास बस्ने ३३ वर्षीय शक्तिकुमार पासवान र सोही ठाउँ बस्ने ३५ वर्षका अजय पासवानको खोजी जारी थियो । रौतहटको गरुडा नगरपालिका ४ मा लुकेर बसेको थाहा भएपछि महोत्तरीबाट मेरो नेतृत्वमा विशेष टोली खटियो,” डीएसपी दिलीपले  भने, “उनीहरूलाई हामीले दिउँसो ३ बजे नियन्त्रणमा लियौँ । सर्लाहीको संग्रामपुरमा आएपछि हाम्रो गाडी बिग्रियो । सर्लाही प्रहरीको गाडी बोलाएर त्यसमा सार्ने क्रममा उनीहरू भागेपछि हामीले नियन्त्रणमा लिन गोली चलाउनु परेको थियो ।”

शक्तिलाई दुईवटा र अजयलाई एउटा गोली लागेको छ । डीएसपी दिलीपका अनुसार उनीहरूलाई गोली थाई, पिडुँला र घुँडामा गाली लागेको छ । उनीहरू दुवैको उपचार जलेश्वर प्रादेशिक अस्पतालमा भइरहेको छ । दुवैको अवस्था खतरामुक्त छ ।

“उनीहरूले महोत्तरीको डाँगी र जलेश्वर, धनुषाको महेन्द्रनगर, रौतहटको चन्द्रनिगाहपुर र इन्डियामा पनि डाँका गरेका थिए,” उनले भने, “त्यसअघि ११ डाँका मुद्दामा संलग्न भएको पाइएको छ ।”

उनीहरूको साथबाट एउटा पेस्तोल र चार राउन्ड गोली बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल भेटिए

‘विचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्’ : सांसद सुनार

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu