ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा बेरोजगारको संख्या बढ्दो, यस वर्ष आठ लाख ८५ हजार सूचीकृत


एबीसी न्यूज
२९ कार्तिक २०८०, बुधबार   ३ : २४   बजे

काठमाडौं, २९ कात्तिक । नेपालमा बेरोजगारको संख्या बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७९र०८० मा भन्दा चालु आर्थिक वर्षमा नेपालमा ४३ हजार ६६९ जना बेरोजगार थपिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०र०८१ मा आठ लाख ८५ हजार १५५ जना बेरोजगारहरू सूचीकृत भएका छन् ।

अघिल्लो आर्थिक वर्षमा आठ लाख ४१ हजार ४८६ जना बेरोजगार सूचीकृत भएका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनको लागि उक्त संख्यामा बेरोजगारहरूले आफ्नो नाम लेखाएको श्रम मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानीय तहमा रहेका श्रमिक र रोजगार सेवा केन्द्रमा बेरोजगारहरूले नाम टिपाएका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि चालु आर्थिक वर्षको पहिलो तीन महिना साउनदेखि असोजसम्म हालसम्म एक हजार ३१२ वटा आयोजना छनोट गरिएको छ ।

यसवर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा ६९० जना बेरोजगार व्यक्तिहरू रोजगारीमा संलग्न भइसकेको मन्त्रालयले जनाएको छ । रोजगारीमा खटिएका व्यक्तिहरूबाट ९ हजार १६० कार्यदिन काम भएको छ ।

गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ९१ हजारभन्दा बढी बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रदान गरिएको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९र८० मा कुल आठ लाख ४१ हजार ४८६ जना सूचीकृत बेरोजगार भएकामा कुल ९१ हजार ५८३ जनालाई ७८ दिनको औसत रोजगारी प्रदान गरिएको थियो ।

गत आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७२० स्थानीय तहमा कुल १३ हजार ८६३ आयोजनाहरू सञ्चालन भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu