ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रोकरले नै बिक्री गर्दै छ दोस्रो बजारमा कारोबार नहुँदै प्रमोटर सेयर !


एबीसी न्यूज
३० कार्तिक २०८०, बिहिबार   १० : ३०   बजे

काठमाडौं, ३० कात्तिक । धितोपत्र दोस्रो बजारमा सेयर खरिद–बिक्री गर्न सहयोग गर्ने ब्रोकर कम्पनीहरूले नै अहिले टेलिफोनका आधारमा प्रमोटर सेयर बिक्री गर्न लागेका छन् । यसरी आफ्नो आधिकार क्षेत्र बाहिर गएर ब्रोकरहरूले कम्पनीको प्रमोटर सेयर बिक्री गर्न आफ्ना ग्राहकको फोन नम्बर अन्य कम्पनीलाई दिने गरेको पाइएको छ ।

यसरी ग्राहकको फोन नम्बरको दुरूपयोग गरेर अग्रवाल सेक्युरिटिज, विराटनगर शाखा कार्यालयले प्रभु स्टिल एण्ड हाइड्रो इक्विपमेन्ट इन्ड्रष्ट्रिज लिमिटेडको प्रमोटर सेयर प्रतिकित्ता ११५ रुपैयाँमा बिक्री गर्न लागेको जानकारी गराउँदै ‘म्यासेज’ पठाउने गरेको छ ।

यो कम्पनीले संस्थापक सेयर यसरी नै फोन र म्यासेज गरेर १९ लाख ५० हजारभन्दा बढी कित्ता बिक्री गरिसकेको कम्पनीको सेल्स एण्ड मार्केटिङ विभागका कर्मचारी सुरेन्द्र श्रेष्ठले बताए । यो कम्पनीको प्रमोटर सेयर खरिद गर्न चाहनेले न्यूनतम एक हजार कित्ता खरिद गर्न आवेदन दिनुपर्ने उनी बताउँछन् ।

“यो कम्पनीको सेयर कारोबार ओटीसी मार्केटमा खरिद बिक्रीमा गएको छैन । तर, हामीले यसरी नै फोन र म्यासेज गरेर १९ लाख ५० हजार कित्ता प्रमोटर सेयर बिक्री गरिसकेका छौं,” उनले भने, “मंसिरको २० गतेसम्म बिक्री गरिसक्ने हाम्रो योजना छ । बिक्री सुरू गरेको करिब चार महिना भयो । हामीलेमात्र सेयर बेचेका छैनौं । अग्रवाल सेक्युरिटिज विराटनगर शाखाबाट र यही ब्रोकरको अर्को शाखाले सहयोग गरेको छ । ब्रोकरले आफ्ना ग्राहकलाई फोन गरेर रिकल गरिदिन्छ ।”

कम्पनीले चिन्दै नचिनेको मान्छेलाई पनि फोन गरेर सुरूमै प्रभुु कम्पनीले प्रमोटर सेयर खरिद गर्न आग्रह गर्छन् । सेयर प्रमाणपत्र कम्पनीले कसरी दिन्छ रु कम्पनी कस्तो छ रु भनेर पनि उनैले फोनमा ब्रिफिङ गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल भेटिए

‘विचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्’ : सांसद सुनार

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu