ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको प्रश्न – नारायणहिटीमा आफ्नै वंश विनाश गर्नेहरू संस्कारका कुरा गर्ने ?


एबीसी न्यूज
१ मंसिर २०८०, शुक्रबार   ४ : ५६   बजे

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणहिटीमा आफ्नै वंश विनाश गर्नेहरु संस्कारका कुरा गर्ने रु भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार तनहुँमा आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तन र जनताको अधिकार मन नपराउनेहरुले संस्कारको कुरा गरेको बताए ।

“जसले कहिले कोतपर्व, कहिले भण्डारखालपर्व कहिले नाराणहिटीपर्व हामीले देखेको होइन त्यो रु ती मान्छेहरु आजकल संस्कारको कुरा गर्छन् । ती हो संस्कार रु कोतपर्व, भण्डारखालपर्व, नारायणहिटीमा आफ्नै वंश विनाश गर्नेहरु संस्कारका कुरा गर्ने रु लोकतन्त्रवादीहरुलाई, परिवर्तनकारी शक्तिहरुलाई रु,” प्रधानमन्त्री प्रचण्डको प्रश्न छ ।

उनले केही मानिसले साँच्चै जनता र राष्ट्र, लोकतान्त्रिक प्रणालीविरुद्ध आवाज उठाउने दुस्साहस गरिरहेको बताए । उनले आज सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका भन्दै साँच्चै हो त रु खोजेकै हो त रु भन्ने स्थिति बनेको बताए ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन पाँचै वर्ष चल्ने र कसैले हल्लाएर हल्लिन नसक्ने जिकिर गरे । आफू प्रधानमन्त्री बन्दा १५ दिन, एक महिना भए पनि राष्ट्रको पक्षमा काम गर्ने अठोट लिएको र अहिले ११ महिना सरकार चलिरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रक्रिया अझै चलिरहेको भन्दै प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन छिटै कार्यान्वयनमा आउने जानकारी दिए । उक्त ऐन कार्यान्वयनमा आउनेबित्तिकै प्रदेश सरकार शक्तिशाली हुने र नागरिकले गणतन्त्रको अनुभूत गर्न सक्ने दाबी उनको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu