ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी-नेसपा एकता : पार्टीको नाम नेकपा (समाजवादी) राख्न सहमति नजिक


ABC NEWS
३ मंसिर २०८०, आइतबार   ८ : ०७   बजे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी(नेसपा)बीच एकीकृत पार्टीको नाम नेकपा(समाजवादी) राख्न सकारात्मक छलफल भएको छ । आइतबार दुई पाटीका वार्ता टोलीबीच भएको छलफलमा नेकपा कायमै राखेर समाजवादी फुर्को थप्न दुवै पक्ष लगभग सहमतिमा पुगेको नेसपाका वार्ता टोली संयोजक संयोजक गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टी एकता संयोजन समितिमार्फत पार्टीको वैचारिक तथा नीतिगत सुझाव, झण्डा, नाम लगायत विषयमा आवश्यक सुझाव दिएर अगाडि बढ्ने सहमति भएको छ । त पार्टीको नाम नेकपा(समाजवादी) राख्नेगरी सहमति नजिक पुगिएको छ । त्यसका लागि पार्टी एकता संयोजन समितिमार्फत पार्टीको नाम झण्डा, वैचारिकत तथा नीतिगत विषय टुंगो लगाउने सहमति भएको छ’, उनले भने ।

यस्तै माओवादी केन्द्रको वार्ता टोली सदस्य गिरिराजमणि पोखरेलले आवश्यकताअनुसार एकता संयोजन समिति गठन गर्न सहमति भएको बताए । यसैगरी उनले विशेष महाधिवेशनमार्फत माओवादी केन्द्र शब्द हटाउन तयार भएपनि नेकपा शब्द भने नहटाउने पहिल्यै निर्णय भइसकेको बताए । बाँकी विषयमा एकता संयोजन समिति बनाएर टुंग्याउन सकिने भन्दै उनले एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) बनाउन सकिनेबारे सकारात्मक प्रतिक्रिया दिए ।
‘दुवै पार्टीको वार्ता टोली बैठकले पार्टीको नाम, झण्डा, वैचारिक तथा नीतिगत दस्तावेज लेखनका लागि अन्तिम रुप दिन एकता संयोजन समिति बनाउन सुझाव दिने सहमति भएको छ । नेकपा हाम्रो बटम लाइन हो । बाँकी विषयमा एकता संयोजन समिति बनाएर टुंग्याउन सकिन्छ’, पोखरेलले भने ।

यद्यपि नेकपा शब्द कायमै राख्ने विषयमा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले भने असहमति जनाएका छन् । यसै विषया पार्टीभित्र विवाद भएपछि उनले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक बोलाएका छन् ।
अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष श्रेष्ठ, महासचिव रमेश यादव लगायत नेताहरू पूर्वसहमति अनुसार पार्टी एकताका पक्षमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

रास्वपाको संसदीय दलको विधान संशोधन गर्न १५ सदस्यीय कार्यदल गठन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu