ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत सीमा स्तम्भ : २८ सय पुनर्निर्माणको पर्खाइमा, चार वर्षदेखि काम ठप्प


एबीसी न्यूज
४ मंसिर २०८०, सोमबार   १ : ५०   बजे

काठमाडौं, ४ मंसिर ।   नेपाल र भारत सीमामा रहेका ८ हजार ८५३ वटा सीमा स्तम्भमध्ये एक हजार ६०६ वटा मर्मत र दुई हजार ७६० वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा रहेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा सांसदहरुले राखेको प्रश्नको लिखित जवाफ उपलब्ध गराउने क्रममा उक्त विवरण पेस गरेकी हुन् ।

नेपाल–भारत सीमा अन्तर्गत सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र बाहेक अन्य स्थानहरुमा ८ हजार ५५३ वटा सीमा स्तम्भ एकिन गरिएको छ । सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र लामो समयदेखि भारतले अतिक्रमण गरी नियन्त्रणमा राखेका कारण सीमा स्तम्भ राख्न सकिएको छैन ।

एकिन गरिएका सीमा स्तम्भमध्ये नेपाल र भारतबीचको सीमा सम्बन्धी कार्य गर्न गठित द्विपक्षीय संयन्त्र संयुक्त प्राविधिक कमिटि जेटीसी बाट सन् १९८१ देखि २००७ सम्म ६ हजार ५२६ सीमा स्तम्भहरुको निर्माण तथा मर्मत सम्पन्न गरिएको थियो ।

“सन २००७ मा जेटीसीको समयावधी समाप्त भए पश्चात सन् २००७ देखि २०१४ का बीच सीमा सम्बन्धी द्विपक्षीय कार्य हुन नसकेको र सो समयमा जेटीसीबाट निर्माण÷मर्मत भएका केही सीमा स्तम्भहरु विभिन्न प्राकृतिक कारणहरुबाट बिग्रिएको, भत्किएको तथा हराएको,” मन्त्रीले पेस गरेको लिखित जवाफमा उल्लेख छ ।

लामो समयदेखि सीमा विवाद र सीमा स्तम्भको मर्मत तथा निर्माणको कार्य अघि बढ्न नसकेपछि सन् २०१४ मा नेपाल भारत परराष्ट्रमन्त्री स्तरीय संयन्त्र संयुक्त आयोगको तेस्रो बैठकले सीमा सम्बन्धी कार्य गर्न बाउन्ड्री वर्किङ ग्रुप बीडब्लुजी गठन गरेको थियो ।

भारतीय प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले पहिलो पटक नेपाल भ्रमण गर्नुअघि बीडब्लुजी गठन गरिएको थियो । तत्कालिन भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा सहभागी हुन काठमाडौं आएकी थिइन् ।

त्यसपछि बीडब्लुजीले सन् २०१४ देखि नेपाल र भारतबीचको सीमा सम्बन्धी कार्यहरु गर्दै आइरहेको छ । बीडब्लुजीले सन् २०१४ देखि २०१९ सम्म ८ हजार ५५३ सीमा स्तम्भ मध्ये ८ हजार ५७ सीमा स्तम्भको स्थलगत निरीक्षण गरेको थियो ।

“उक्त निरीक्षणबाट ३ हजार ३४८ सीमा स्तम्भ मर्मत गर्नुपर्ने र ५ हजार २०५ सीमा स्तम्भ निर्माण–पुनर्निर्माण गर्नुपर्ने विवरण प्राप्त भएकोमा सन् २०१९ सम्म १ हजार ७४२ सीमा स्तम्भ मर्मत भएको र २ हजार ४४५ सीमा स्तम्भ निर्माण भएको,” मन्त्री चौधरीले प्रतिनिधिसभालाई दिइएको जवाफमा उल्लेख छ ।

सन् २०१९ पश्चात नेपाल भारत सीमा सम्बन्धी कार्य गर्ने बीडब्लुजी र सोसँग सम्बन्धित संयन्त्रबाट द्विपक्षीय कार्यहरु हालसम्म हुन नसकेको जानकारी प्रतिनिधिसभालाई गराइएको छ । अर्थात् चार वर्षदेखि नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भको निर्माण तथा पुनर्निर्माण कार्य रोकिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका अनुसार नेपाल भारत सीमामा रहेका जोर सख्याका सीमा स्तम्भको निर्माण तथा मर्मतको जिम्मेवारी भारतको र विजोर सख्याका सीमा स्तम्भको निर्माण तथा मर्मतको जिम्मेवारी नेपालको रहेको छ ।

यसरी सीमा स्तम्भहरुको निर्माण तथा मर्मतको जिम्मेवारी तोकिएको भएता पनि एक पक्षले आफ्नो जिम्मेवारीमा रहेको सीमा स्तम्भको निर्माण तथा मर्मत गर्ने क्रममा दोस्रो पक्षको अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था रहेको छ ।

“भारतले आफ्नो भागमा परेका सीमा स्तम्भ मर्मत गर्ने क्रममानेपाली पक्षको समेत उपस्थिति हुने हुदाँ मर्मत गर्ने नामामा सीमा स्तम्भ नेपालतर्फ सारिरहेको भन्ने कुरा सत्य नरहेको,” मन्त्री चौधरीले उपलब्ध गराएको लिखित जवाफमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group