ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरदैलोमा रास्वपा – सरकार बाहिरै बस्न सुझाव


एबीसी न्यूज
४ मंसिर २०८०, सोमबार   २ : १०   बजे

काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको एक वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा घरदैलोमा छ । २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभाबाट उदाएको दल रास्वपाका नेताहरु यतिबेला घरदैलो अभियानमा छन् ।

मंसिर २, ३ र ४ गते गत निर्वाचनका उमेदवारहरुलाई फिल्डमा खटाउने केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार अहिले घरघरमा पुगिएको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी बताउँछन् ।

“निर्वाचित सांसद त हुने नै भइहाल्यो । गत निर्वाचनका सबै उमेदवारलाई फिल्डमा खटाउने निर्णय भएको छ । स्वास्थ्यको कारण र विदेशमा रहनुभएकोबाहेक सबै अहिले फिल्डमा छौँ ।”

उनका अनुसार अभियान ४ गतेसम्म गर्ने भनिए पनि भूगोललगायतका कारण लम्बिने देखिएको छ । उनी भोलि मात्रै अभियान सम्पन्न गर्ने तयारीमा छन् ।

अभियान किन ?

सहमहामन्त्री बुर्लाकोटी चुनाव सकिएको एक वर्षमा विश्वासका लागि धन्यवाद दिनेसहितका उद्देश्य बोकिएको बताउँछन् । उनका अनुसार विशेष गरी अभियानका तीन उद्देश्य छन्– पहिलो, गत निर्वाचनमा दिएको विश्वासका लागि धन्यवाद दिने । दोस्रो, कसरी अघि बढ्ने भन्ने सल्लाह लिने । तेस्रो, काम गर्ने पद्धतिबारे ।

बुर्लाकोटी चुनावका बेला गरेका प्रतिबद्धतामा आफूहरु प्रतिबद्ध रहेको सन्देश दिन खोजिएको पनि बताउँछन् । “त्यतिबेला हतार हतारमा प्रतिबद्धता निर्माण गर्यौँ । हामीले गरेको प्रतिबद्धतामा प्रतिबद्ध छौैँ भन्ने सन्देश पनि दिन खोजेका हौँ,” उनले  भने ।

चुनाव जितेपछि दलहरु फर्कँदैनन् भन्ने गुनासो चिर्नका लागि रास्वपा घरदैलोमा पुगेको नेताहरु बताउँछन् ।

सरकार बाहिरै बस्न सुझाव

घरदैलोमा पुगेका रास्वपाका नेतालाई मतदाताले सरकार बाहिरै रहन सुझाएका छन् । सहमहामन्त्री बुर्लाकोटीका अनुसार सरकारमा गए परीक्षण मात्रै हुने अवस्था रहेकाले बाहिरै बसेर काम गर्न मतदाताको सुझाव छ ।

“सरकारमा गएर केही अनुभव लिनुभयो, अब बाहिरै बसेको ठिक छ । अहिले सरकारमा गएर पुरानो दलको ढर्राअनुसार रुपान्तरण गर्न सक्नुहुन्न,” उनी भन्छन्, “तपार्इंहरु टेस्टेड मात्रै हुने हो, सक्सेस हुनुहुन्न, बाहिरै रहनुस् भन्ने सुझाव छ ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group